×

चितवन – उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठले प्यानलसहित अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अध्यक्षमा उम्मेद्बारीसहित आफ्नो प्यानल घोषणा गर्नुभएको छ । यही पुष २१ र २३ गते हुन लागेको संघको ५७ औँ बार्षिक साधारणसभा तथा अधिवेशनको निर्वाचनबाट आगामि कार्यकालका लागि हालका बरिस्ठ उपाध्यक्ष रहेका श्रेष्ठले ५ जनाको प्यानलसहित उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

श्रेष्ठको प्यानलमा (बरिस्ठ उपाध्यक्ष) पदका उम्मेद्वार चिरन्जिवी सुवेदी, (वाणिज्य तर्फ) उपाध्यक्षको पदमा राजेन्द्र ओली, (बस्तुगत तर्फ) उपाध्यक्षको पदमा नारायण प्रधान र (उधोग तर्फ) उपाध्यक्षको पदममा अशोक अधिकारी रहनुभएको छ ।पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले आफु लगाएत आफ्ना प्यानलका सबै समुहहरुले उद्योग बाणिज्य संघ चितवनमा लामो समयदेखी आबद्द भई आफुहरुले उद्यमी व्यवसायीको हक, हितको संरक्षण, लागि आफुहरुले निरन्तर लागि परेको बताउदै आगामी दिनहरुमा पनि व्यवसाहिको समस्या, दुस्ख सुखमा साथ दिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

संघको नेतृत्वका लागि अध्यक्ष पदमा अर्का उपाध्यक्ष सिरिष पन्त विच कडा प्रतिष्पर्धा हुने भएको छ । सिरिषले पनि अध्यक्षका लागि आफ्नो उम्मेद्वारी दिई सकेका छन् । संघको निर्वाचनमा दुईहजार सातसय ९४ मतदाताले भोट हाल्ने छन् ।

के छ श्रेष्ठ समुहको प्यानलको प्रतिबद्द्ता ?

१. उद्यमी व्यवसायीमा देखिएको चरम निरासालाई आशामा परिणत गर्न प्रयत्न गर्ने ।
२.द्यमी व्यवसायीको सानादेखि नीतिगत समस्यालाई सम्बोधन गर्न पहल गर्ने ।
३. व्यवसाय कर, घरवहाल कर, विज्ञापन करलगायत कर, राजश्व तथा अन्तःशुल्क सम्बन्धी समस्या समाधानको लागि पहल गर्ने ।
४. बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लिंदा गरेको सम्झौता बमोजिमनै ब्याजदर अन्तिमसम्म कायम गर्न सम्बन्धित निकायमा पहल गर्ने ।
५. व्यवसाय दर्ता, नवीकरण जस्ता कार्य संघबाट सहजीकरण गर्नका लागि सेवा केन्द्र स्थापना गर्ने ।
६. संघमा चेम्बर लर्निङ सेन्टर र व्यवसाय विकास सेवा केन्द्र स्थापना गर्ने ।
७. आन्तरिक राजश्व कार्यालयको सहयोगमा आन्तरिक राजश्व कार्यालय परिसरमा संघको कर तथा राजश्व परापर्श केन्द्र स्थापना गरी सदस्य व्यवसायीलाई निःशुल्क सेवा प्रदान गर्ने ।
८. चितवन जिल्लाको पूर्वि भाग र पश्चिम क्षेत्रबाट आउने सार्वजजिक सवारी साधनलाई नारायणगढ बजारसम्म ल्याउन पहल गरी सबै क्षेत्रमा चढ्ने ओर्लने ९पिक एण्ड ड्रप० को व्यवस्था गर्ने ।
९. चितवनको समग्र विकासको लागि बृहत आर्थिक बहस कार्यक्रमको आयोजना गर्ने ।
१०. वर्तमान आर्थिक मन्दीलाई सम्बोधन गर्नको लागि सरकार र नीजी क्षेत्र संलग्न उच्चस्तरीय संयन्त्र निर्माणको लागि नेउवामहासंघ मार्फत आवश्यक पहलकदमी गर्ने ।
११. संघमा आवद्ध सदस्यको व्यवसायको बीमा गर्ने व्यवस्थाका लागि पहलकदमी गर्ने ।
१२. कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनसंग सम्बन्धित ४ वटा राष्ट्रियस्तरका सम्मेलनको आयोजना गर्ने ।
१३.स्थायी प्रदर्शनी केन्द्रको स्थापना गरी नियमित रूपमा फरकफरक व्यवसायीका फरकफरक उत्पादन प्रवद्र्धन गरिने ।
१४. विकासका पूर्वाधार समयमानै निर्माण सम्पन्न गर्न पहल गर्ने ।
१५. स्थानीय, प्रदेश र संघीय सरकारसँगको सम्बन्ध र समन्वयमा विस्तार गर्ने ।
१६. संघ र अन्तर्राष्ट्रिय उवासंघहरूसँग भगिनी सम्बन्ध कायम गरी चितवनको प्रवद्र्धन गर्ने ।
१७. एक्जिम कोड दर्ता नवीकरण कार्यालय, नापतौल कार्यालय चितवनमा स्थापना गर्न पहल गर्ने ।
१८. नारायणगढलाई प्रवद्र्धन गर्न चितवनको प्रवेशस्थलमा नारायणगढको आकृति सहित डिजिटल बोर्ड राख्ने ।
१९. संघको संस्थागत र सचिवालय सुदृढीकरण गर्ने ।
२०. संघको विधान समयानुकूल संशोधन गरी संघलाई जिल्लास्तरीय संघको रूपमा स्थापित गर्दै संघप्रति सबैको अपनत्व बढाउन पहल गर्ने ।
२१. मेला महोत्सवलाई व्यवस्थित र संघको सिफारिसमा मात्र गर्ने व्यवस्थाको लागि पहल गर्ने
२२. सदस्यको मागमा आधारित कार्यक्रम आयोजना गर्ने ।
२३. संघमा आवद्ध वस्तुगत संघहरूको सचिवालय व्यवस्थापनमा सहयोग गर्ने ।
२४. संघमा वस्तुगत संघहरूको प्रतिनिधित्व बृद्धि गर्ने ।
२५. चितवनको उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने मेला महोत्सवमा उद्योगी व्यवसायीहरूलाई सहभागी गराउन नेपाल उद्योग वाणिज्य महासंघलगायत संस्थाहरूसँग पहल गर्ने ।
२६. सम्बन्धित निकायबाट हुने अनुगमनका कार्यहरूमा संघको प्रतिनिधित्वलाई सुनिश्चित गर्ने
२७. चितवनमा औद्योगिक क्षेत्र र अटोल्याण्ड स्थापनाको लागि पहल गर्ने ।
२८. सफलता प्राप्त “एक गाउँ एक उत्पादन“ कार्यक्रम पुनः सञ्चालन गर्न नेपाल उद्योग वाणिज्य महासंघसँग पहल गर्ने ।
२९. संघमा ७ वटै स्थानीय तहका उत्पादन तथा सेवाको प्रदर्शनी कक्ष स्थापना गर्ने ।

तपाईको प्रतिक्रिया