×

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगरपालिका वडा नं. २ र १३ मा अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगरपालिका वडा नं. २ को प्रथम अधिवेशनले रुमाकान्त रिजालको सभापतित्वमा दश सदस्यीय वडा समिती चयन गरेको छ ।वडा समितीका सदस्यहरुमा शुसीला तिवारी, लक्ष्मी अधिकारी (अर्याल),इश्वरीदेवी घिमिरे, इन्दिरा भटट्राई, उत्सव कंडेल, शिव लम्साल, श्रीप्रसाद सापकोटा, शर्मिला मगर (परियार) र मोदनाथ गिरी रहनु भएको छ ।

रास्वपाले आजै गैँडाकोट १३ मा समेत वडा अधिवेशन मार्फत नेतृत्व चयन गरेको छ । वडा नं. १३ को सभापतिमा बासुदेव पौडेल चयन निर्वाचित हुनुभएको छ । वडा समितीका सदस्यहरुमा प्रकाश थापा, अस्मिता पौडेल,सुमित्रा गुरुङ, उमाशंकर गौतम, शेरबहादुर क्षेत्री, सन्तोष ढकाल र राजाराम क्षेत्री रहनु भएको छ । रास्वपाका अनुसार उपसभापति, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीहरु पछि चयन गर्ने कार्यक्रम छ ।यसअघि पौष १५ गते गैँडाकोट वडा नं. १ मा अधिवेशन सम्पन्न भएको थियो ।

गैँडाकोट वडा नं. २ को अधिवेशनको उद्घाटनशत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सभापति तथा केन्द्रीय सदस्य राजन गौतम र जिल्ला संयोजक नरिश्वर लामिछानेले बोल्नुभएको थियो । सो अवसरमा पार्टीका गण्डकी प्रदेश शिक्षा विभागका सचिव मोतिप्रसाद रिजाल, रास्वपा गण्डकी प्रदेश सदस्य कमला सुवेदी (लामिछाने), मिना शर्मा (गौडल) जिल्ला उपसंयोजक शालिकराम न्यौपाने, निर्वाचन क्षेत्रीय समितिका सभापति नारायण गौतम, सचिव रामचन्द्र लामिछाने, नगर सभापति ज्ञानहरी कंडेल, उपसभापति विमल घिमिरे लगायतका अतिथी रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया