×

नवलपुर विशेष

नवलपरासीमा घरमै सुतिरहेका २० बर्षीय युवकको हत्या

नवलपरासीमा घरमै सुतिरहेका २० बर्षीय  युवकको हत्या
गैँडाकोट । नवलपरासीमा एक युवकको हत्या भएको छ । जिल्लाको पाल्हीनन्दन गाउपालिका वडा नं. ५ हर्दी घर भएका २० वर्षका सूर्य कुमार बढईको आफ्नै घरमा सुतिरहेको समयमा हत्या भएको नवलपरासी प्रहरीले जनाएको छ । घरमा सुतिरहेका उनको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । शवलाई पोष्मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी ल्याइएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

रेडियो संकेतले तीज गीत प्रतियोगिता गर्ने

रेडियो संकेतले तीज गीत प्रतियोगिता गर्ने
  गैंडाकोट ।हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा गैंडाकोटमा रहेको रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । तीज पर्वले समाजलाई सकारात्मक सन्देश दिन सकोस् भन्ने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सुजन अधिकारीले बताए । कला संस्कृति तथा मौलिक पर्वलाई सामाजिक सांस्कृतिक परम्परा जोगाई राख्नका लागि सो प्रतियोगिता गर्न लागिएको उनले बताए । रु १५,०००र१०,०००र ७,००० प्रथम, द्वितीय, तृतीय, र ३,००० हजार स...

मौलाकालिका मन्दिरक्षेत्रमा बृक्षारोपण

मौलाकालिका मन्दिरक्षेत्रमा बृक्षारोपण
गैँडाकोट - नवलपुरको मौलाकाली मन्दिर क्षेत्रमा रहेको धार्मिक बनको  भूक्षय प्रभावित क्षेत्रमा यहाँका लायन्स क्लवहरुको संयुक्त आयोजना तथा मौलाकाली केबलकारको सहयोगमा बृक्षारोपण गरिएको छ । जोन ३६ अन्तर्गत रहेका चारवटा लायन्सक्लवहरुको संयुक्त आयोजनामा बाँस, बर, पीपल, समी सहित विभिन्न प्रजातीका बिरुवाहरु लगाइएको हो । धार्मिक बन क्षेत्रमा  पर्ने मन्दिर नजिकैको भागमा बृक्षारोपण गरिएको हो । लायन्सक्लव अफ गैँडाकोटका अध्यक्ष यदुनाथ सापकोटाको अध्यक्षता तथा भाइस डिस्ट्रिक गर्भनर लायन प्...

गैँडाकोट २ मा एक पुरुष मृत अवस्थामा भेटिए

गैँडाकोट २ मा एक पुरुष मृत अवस्थामा भेटिए
गैँडाकोट - नवलपुरको गैँडाकोटमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका वडा नं. १ बस्ने ४६ वर्षका सञ्जिव शाही कोठाभित्रै मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।शाही केहि समयदेखि गैडाकोट २ स्थित नागरिक कलेज नजिकै स्थानीय परमानन्‍द कंडेलको घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए । स्थानीयहरुले बन्द रहेको कोठाबाट गन्ध आइरहेको भन्दै प्रहरीलाई दिउसो पौने २ वजे खबर गरेपछि प्रहरी निरिक्षक हस्तबहादुर सुनारको नेतृत्वमा गएको प्रहरीको टोलीले क...

नेकपा एमाले गैँडाकोट २ को अध्यक्ष भूसाल चयन

नेकपा एमाले गैँडाकोट २ को अध्यक्ष भूसाल चयन
गैँडाकोट - नेकपा एमाले गैँडाकोट वडा नं. २ को अध्यक्षमा शिवप्रसाद भूसाल निर्वाचित भएका छन् । पार्टीको शनिवार सम्पन्न दोस्रो वडा अधिवेशनले भूसालको अध्यक्षतामा नयाँ वडा कमिटि चयन गरेको छ । कमिटिको उपाध्यक्षमा प्रदिप तामाङ, सचिवमा यू कुमारी शर्मा (अनिता), उपसचिवमा तुलसीराम पोखरेल र गिता घिमिरे रहनुभएको छ ।नवनिर्वाचित अध्यक्ष भूसालले पार्टीलाई चलायमान बनाउन आफु नेतृत्वको टिमले सक्दो प्रयास गर्ने बताए ।

गण्डकी सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकी सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।वाग्मती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।विभागले राति देशभ...

अक्सफोर्ड कलेजमा अब बिएचएम पढाइ हुने

अक्सफोर्ड कलेजमा अब बिएचएम पढाइ हुने
गैँडाकोट -उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा स्थापित पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको अक्सफोर्ड कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) अध्यापन गराउने भएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त अक्सफोर्ड कलेजले बिएचएम कोर्स सुरुवात गरेको जानकारी दिएको छ । कलेजका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले यसै शैक्षिक सत्रबाट बिएचएममा समेत भर्ना खुला गरिएको जानकारी दिनुभयो । अक्सफोर्ड कलेजले बिएचएमका लागि चाहिने आवश्यक पूर्वाधार तयार पारिसकेको छ । बेसिक किचन र...

आज मौलाकालीमा महाआरती, केवलकारद्धारा टिकटमा ५० प्रतिशत छुट

आज मौलाकालीमा महाआरती, केवलकारद्धारा टिकटमा ५० प्रतिशत छुट
गैँडाकोट – नवलपुरको गैँडाकोटमा अवस्थित मौलाकाली मन्दिर परिसरमा महाआरती हुने भएको छ ।धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको मौलाकाली मन्दिरमा आज देखि हरेक सोमबार सन्ध्या महाआरती हुने भएको हो ।मौलाकाली मन्दिर ब्यवस्थापन समितिको आयोजना तथा मौलाकाली केबलकारको सहयोगमा साँझ ६ वजेदेखि सवा ७ वजेसम्म महाआरती हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले जानकारी दिनुभयो । गैँडाकोट धार्मिक पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रर्वधन गर्न टेवा पुग्ने उद्देश्यका साथ सुर...

गैंडाकोटको बेल्डीहामा मध्यरातमा चोरी- स्कुटर, मोबाइल र घडी गायब ! 

गैंडाकोटको बेल्डीहामा मध्यरातमा चोरी- स्कुटर, मोबाइल र घडी गायब ! 
। गैंडाकोट नगरपालिकाको वडा नं. १३ बेल्डीहामा चोरी भएको छ ।साउन ५ गते रातीको समयमा चोरले घरको घरभित्र राखिएको स्कुटरसँगै ३ वटा मोबाइल र केही नगद चोरी गरेर लगेको हो । घरको माथिल्लो तल्लामा सुतिरहेका ७३ वर्षका टिकाराम चौधरी उहाँको ५३ वर्षको श्रीमति सुतेको कोठाको झ्यालवाट छिरेर कोठाको ढोका फुटाई घरको सामान लगेको बुहारी नलिशा चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार चोरले ना. ३५ प ४७४९ नम्बरको रातो कलरको होण्डा डियो कम्पनीको स्कुटर चोरेर लगेको छ । यस्तै कोठामा राखिएको सामसुङ्ग ग...