
गैँडाकोट – नवलपुरको मौलाकाली मन्दिर क्षेत्रमा रहेको धार्मिक बनको भूक्षय प्रभावित क्षेत्रमा यहाँका लायन्स क्लवहरुको संयुक्त आयोजना तथा मौलाकाली केबलकारको सहयोगमा बृक्षारोपण गरिएको छ । जोन ३६ अन्तर्गत रहेका चारवटा लायन्सक्लवहरुको संयुक्त आयोजनामा बाँस, बर, पीपल, समी सहित विभिन्न प्रजातीका बिरुवाहरु लगाइएको हो । धार्मिक बन क्षेत्रमा पर्ने मन्दिर नजिकैको भागमा बृक्षारोपण गरिएको हो ।
लायन्सक्लव अफ गैँडाकोटका अध्यक्ष यदुनाथ सापकोटाको अध्यक्षता तथा भाइस डिस्ट्रिक गर्भनर लायन प्रभाकर पण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा डिस्ट्रिक ट्रेजरर लायन शंकर नेपाल, लायन कृष्ण पाण्डे, गोविन्द सुवेदी, शालिकराम सापकोटा, माैलाकालीका मन्दिर व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष खगराज कंडेल, माैलाकाली केबलकारका स्टेशन म्यानेजर सुरज पाैडेल अतिथि रहनु भएको थियो ।
बृक्षारोपण कार्यक्रमको सहअध्यक्षता लायन्स क्लव अफ गैँडाकोट सिटीका अध्यक्ष डिल्लीराम पाठक, लायन्स क्लव अफ कालीगण्डकीका टंक चापागाई र लायन्सक्लव अफ बागेश्वरी डाइनामिकका रोशन मल्लले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण र सञ्चालन कलस्टर ६ का चिफ लायन देशबन्धु सिग्देलले गर्नुभएको थियो ।