कावासोतीबाट काठमान्डौ जाँदै गरेको माइक्रो जलबिरेमा दुर्घटना, ३ जना घाइते
कावासोती । नारायणगढ-मुग्लिन सडक खण्डको जलविरेमा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।पूर्वनवलपरासीको कावासोतीबाट-काठमाडौं आउँदै गरेको ग १ ख ९१५५ नम्बरको माइक्रो बस आज बिहान ४ बजेतिर सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा कावासोती नगरपालिकाकी ६० वर्षीया सन्तुमाया कुमाल, ३६ वर्षीय घनश्याम न्यौपाने र १९ वर्षीय जेनिस बस्नेत छन् ।उनीहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख इन्सपेक्टर निरला ...


