×

नवलपुर विशेष

गैँडाकोटका किसान रिमाल गँड्यौला पालनबाट मासिक दुई लाख आम्दानी गर्दै

गैँडाकोटका किसान रिमाल गँड्यौला पालनबाट मासिक दुई लाख आम्दानी गर्दै
गैँडाकोट । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आउनुभएको छ । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौलापालन सुरु गर्नुभएको हो । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताउनुभयो । पछिल्लो दुई महिनामा रु तीन लाख ६० हजार आम्दानी भएको उहाँले जानकारी दिनुभयो । एउटा ब्याडमा गँड्यौला राखेको दुई महिनामा मल तयार हुने भन्दै प्रतिब्याड रु...

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो

आज साउनको अन्तिम सोमबार, शिवालयमा घुइँचो
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्री बताउँछन् । बोलबम तीर्थालुहरुको पन...

नाग्दीखोला पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

नाग्दीखोला पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
   चितवन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा पहिरो झर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । नाग्दी खोला भन्ने स्थानमा ढुंगासहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार दुई तर्फी नै सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा सवारी साधन र तिनमा सवार यात्रुहरु बीच बाटोमै रोकिएका छन् । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

गैँडाकोट नमूना कलेज एक परिचय

गैँडाकोट नमूना कलेज एक परिचय
  - लक्ष्मीकान्त साँखी नेपालको मध्ये भागमा अवस्थित नमुना कलेज नाममात्र हैन शिक्षाको क्षेत्रमा पनि एउटा छुट्टै उत्कृष्ट नमुना बनेको छ । नमुना कलेज वि सं २०७० सालमा स्थापना भएको हो। यस क्षेत्रकोमात्र नभइ शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गोपेन्द्र केशरी न्यौपाने क्याम्पस सञ्चालन समितिको अध्यक्ष रहनु भएको छ । अनुभवी शिक्षकहरु भएको यस कलेजमा व्यवस्थापन संकायमा बि.बि.एस अध्यापन हुने गरेको छ। कलेजले आफ्नो स्थापनासँगै उत्कृष्ट नतिजा ल्याउन सफल यस कलेज स्थापनाको...

गैँडाकोटमा करेन्ट लागेर एक पुरुषको मृत्यु

गैँडाकोटमा करेन्ट लागेर एक पुरुषको मृत्यु
गैँडाकोट । पूर्वी नवलपरासीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ११ नारायणी आर्दशटोल घर भएका ४५ वर्षका तिलक खड्काको करेन्ट लागेर मृत्यु भएको हो । साँझ ४ः ५० वजे गैडाकोट १० भैसाखोरीमा बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी बेद बहादुर पौडेलले करेन्ट लागेर पोलबाट खसेर घाइते भएका खड्काको साँझ पौने ६ वजे उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जानकारी ...

स्टन्टबाजीका रुपमा कुनै काम गर्दैनौं – प्रधानमन्त्री ओली

स्टन्टबाजीका रुपमा कुनै काम गर्दैनौं – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमालेको समीकरणले स्टन्टबाजीका रुपमा कुनै काम नगर्ने बताएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले कतिपयले भ्रम फिजाउने कोशिस गरिरहेको बताए । कतिपयले संविधानलाई विश्वास मात्र गर्नुपर्ने, फेर्न नपाउने ग्रन्थ जस्तो प्रचार गरेको उनको तर्क छ । आफूहरुले भनेको संविधान संशोधन प्रतिगमनको मुद्दा बोकेर हिँडेका पार्टीहरुको उद्घोष नभएको भन्दै उनल...

स्पन्दन नेपालद्धारा बालिकाहरुलाई भोजन

स्पन्दन नेपालद्धारा बालिकाहरुलाई भोजन
चितवन- साउन १५ को अवसरमा भरतपुरको स्पन्दन नेपालले २२ जना नानीहरुलाई भोजन (खिर) खुवाएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ मा अवस्थित सानो घरमा रहेका बालिकाहरुलाई खिर खुवाइएको स्पन्दन नेपालका अध्यक्ष अनिता खनालले जानकारी दिनुभयो । सानो घरकी अध्यक्ष विमला श्रेष्ठको आतिथ्यता तथा संस्थाका अध्यक्ष अनिता खनालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक संस्थाका सदस्य पार्वती गुरुङ रहनुभएको थियो ।विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको स्पन्दन नेपालले घरपरिवाट टाढा रहेर बसेका बालिकाहरुलाई ...

नवलपरको देवचुलीबाट ७ सय ६९ किलो गाँजा सहित दुई पक्राउ

नवलपरको देवचुलीबाट ७ सय ६९ किलो गाँजा सहित दुई पक्राउ
  कावासोती । नवलपुर प्रहरीले ७ सय ६९ किलो गाँजा सहित दुई जनालाई पकाउ गरेको छ । आईतबार राती करिब २ बजेको समयमा ईलाका प्रहरी कार्यालय रजहरको टोलिले एन एल ०१ एन ५५४४ नम्बरको भारतिय कन्टेनरमा लुकाएर लैजादै गरिएको ७ सय ६९ किलो गाँजा सहित दुई जनालाई पकाउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिए । प्रहरीले गाँजा सहित चितवन राप्ती नगरपालिका वडा नं २ का मदन लामा र दिनेश भनिने सन्तोष लामालाई पक्राउ गरेको आईतबार जिल्ला प्रहरी कार्यालयम...

आफूमाथि लगाएको आरोपको पुष्टि गर्न गगनलाई रविको चुनौती

आफूमाथि लगाएको आरोपको पुष्टि गर्न गगनलाई रविको चुनौती
काठमाडौं- कांग्रेस महामन्त्री गगन थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लगाएको आरोपको पुष्टि गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गगनलाई लक्षित गर्दै भने, ‘एकजनाले मैले सहकारीबाट ऋण लिएको प्रमाण छ भन्नुभएको थियो, मैले भनेको थिएँ त्यो प्रमाण बाटोमा तपाईंले जहाँ फ्याकेर हिँडेपनि म राजनीति छाड्छु भनेर । मैले आजसम्म त्यो प्रमाण पाउन सकेको छैन । यसरी सदनलाई झुक्याउने गलत कुराहरु भन्दिने ।’