गैँडाकोट । पूर्वी नवलपरासीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ११ नारायणी आर्दशटोल घर भएका ४५ वर्षका तिलक खड्काको करेन्ट लागेर मृत्यु भएको हो ।
साँझ ४ः ५० वजे गैडाकोट १० भैसाखोरीमा बिजुलीको पोलमा रहेको बत्ती मर्मत गर्ने क्रममा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी बेद बहादुर पौडेलले करेन्ट लागेर पोलबाट खसेर घाइते भएका खड्काको साँझ पौने ६ वजे उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको जानकारी दिनुभयो ।