×

चितवन- साउन १५ को अवसरमा भरतपुरको स्पन्दन नेपालले २२ जना नानीहरुलाई भोजन (खिर) खुवाएको छ । भरतपुर महानगरपालिका वडा नं. १२ मा अवस्थित सानो घरमा रहेका बालिकाहरुलाई खिर खुवाइएको स्पन्दन नेपालका अध्यक्ष अनिता खनालले जानकारी दिनुभयो ।

सानो घरकी अध्यक्ष विमला श्रेष्ठको आतिथ्यता तथा संस्थाका अध्यक्ष अनिता खनालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक संस्थाका सदस्य पार्वती गुरुङ रहनुभएको थियो ।विभिन्न सामाजिक कृयाकलाप गर्दै आएको स्पन्दन नेपालले घरपरिवाट टाढा रहेर बसेका बालिकाहरुलाई भोजन गराउँदा सन्तुष्टी मिलेको अध्यक्ष खनालले बताउनुभयो ।

कार्यक्रममा निर्वतमान अध्यक्ष इन्दिरा भूसाल,उपाध्यक्ष सावित्री पौडेल, सचिव विमला दाहाल, सहसचिव शोभा बास्तोला, सदस्यहरु सावित्री शर्मा, सकुन्तला धरेल, रिता सिग्देल रेनुका लामिछाने, लक्ष्मी ढकाल, इन्द्रमाया श्रेष्ठ, बिमला घिमिरे सीता भुसाल लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया