
गैंडाकोट ।हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजका अवसरमा गैंडाकोटमा रहेको रेडियो संकेत ९३ मेगाहर्जले बृहत खुल्ला तीज गीत प्रतियोगिता गर्ने भएको छ । तीज पर्वले समाजलाई सकारात्मक सन्देश दिन सकोस् भन्ने अभिप्रायले प्रतियोगिताको आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर सुजन अधिकारीले बताए ।
कला संस्कृति तथा मौलिक पर्वलाई सामाजिक सांस्कृतिक परम्परा जोगाई राख्नका लागि सो प्रतियोगिता गर्न लागिएको उनले बताए । रु १५,०००र१०,०००र ७,००० प्रथम, द्वितीय, तृतीय, र ३,००० हजार सान्त्वना पुरस्कारको व्यवस्था भएको कार्यक्रममा सहभागी हुनका लागि परम्परा झल्किने पोशाक र समसामयिक विषयमा लेखिएका शब्दहरू ५ देखि ७ जना महिला समूहले प्रस्तुत गर्नेछन् । आफ्नो प्रस्तुति राख्नका लागि सात मिनेटदेखि १० मिनेट समय छुट्याइएको कार्यक्रम भदौ १५ गते शनिबार होटल द नारायणी प्राली कालीगण्डकी चोक गैंडाकोटमा आयोजना हुनेछ ।