×

गैँडाकोट । नवलपरासीमा एक युवकको हत्या भएको छ । जिल्लाको पाल्हीनन्दन गाउपालिका वडा नं. ५ हर्दी घर भएका २० वर्षका सूर्य कुमार बढईको आफ्नै घरमा सुतिरहेको समयमा हत्या भएको नवलपरासी प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेका उनको धारिलो हतियार प्रहार गरि हत्या भएको प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिनुभयो । शवलाई पोष्मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी ल्याइएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया