रास्वपा गैँडाकोट अधिवेशन : सभापति र सचिव पदका लागि मतदान हुँदै
गैँडाकोट - रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा चलिरहेको प्रथम नगर अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि केहिवेरपछि मतदान हुन लागेको निर्वाचन समितिका संयोजक मिना शर्मा (गौडेल) ले बताउनुभयो ।
१५ सदस्यीय नगर समिति मध्ये सभापति र सचिव पदमा मात्रै भोटिङ हुन लागेको हो । सभापति पदमा निवर्तमान सभापति ज्ञानहरी कंडेल र उपसभापति विमल घिमिरे तथा सचिव पदमा अस...


