गैँडाकोटमा मोटरसाइकल दुर्घटना – एकजनाको मृत्यु
गैँडाकोट -नवलपुरको गैँडाकोटमा भएको मोटरसाइकल दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देहीको शिदार्थनगर नगरपालिका वडा नं. ८ घर भएका बर्ष ३५ का पंकज ज्ञवाली रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । ज्ञवाली नेपाल कृषि अनुसन्धान परिषद (नार्क) खुमलटारमा प्राविधिक अधिकृत पदमा कार्यरत थिए ।
दुर्घटनामा परि मोटरसाइकल चालक लमजुङ घर भएका वर्ष ३९ का सुकबहादुर गुरुङ गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाए...


