रोटरी क्लव अफ गैँडाकोटद्धारा आधारभूत अस्पताललाई पाँच शैय्या हस्तान्तरण
गैँडाकोट - रोटरी क्लव अफ गैँडाकोटले पूर्वी नवलपरासीको गैँडाकोटमा निकट भविष्यमै सञ्चालनमा आउन लागेको आधारभूत अस्पतालका लागि पाँच थान बेड सहयोग गरेको छ ।गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित गैँडाकोट स्वास्थ्य चौकिमा मंगलबार विहान आयोजित एक कार्यक्रममा रोटरी क्लव अफ गैँडाकोटले माघको दोस्रो सातादेखि सञ्चालनको तयारीमा रहेको गैँडाकोट आधारभूत अस्पताललाई पाँचवटा बेड सहयोग गरेको हो ।
क्लवका अध्यक्ष रमेश काफ्लेको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आत...


