×

नवलपुर विशेष

गैँडाकोटको होटल पौवामा चैत्र ३१ गते नयाँवर्ष साँझ हुँदै

गैँडाकोटको होटल पौवामा चैत्र ३१ गते नयाँवर्ष साँझ हुँदै
गैँडाकोट -नेपालीहरुको विभिन्न चाडपर्वलाई विशेष बनाउँदै आएको पौवाले यसै वर्षबाट नेपालीहरुको नयाँ वर्षको स्वागत गर्ने विशेष कार्यक्रम गर्न गईरहेको छ । नयाँवर्षलाई विशेष पर्वका रुपमा मनाउने लक्ष्यका साथ यस वर्ष गैडाकोट १२ नवलपुरमा रहेको होटल पौवा बाट नयाँ वर्षको पूर्वसंध्यामा विविध सांगितीक कार्यक्रम गर्ने तयारी गरिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । होटल पौवा गैँडाकोटका महाप्रबन्धक निशान खरेलले पौवाले नेपालीहरुले वर्षोंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो सालल...

गैँडाकोटमा परालको टौवामा आगलागी,१ लाख बराबरको क्षति

गैँडाकोटमा परालको टौवामा आगलागी,१ लाख बराबरको क्षति
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा आज दिउसो आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ ईट्टाभट्टी नजिकै स्थानीय श्रीप्रसाद न्यौपानेको टौवामा आगलागी हुँदा उक्त क्षति भएको हो । परालमा लागेको आगो भरतपुर महानगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह
काठमाडौँ । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको बताएका छन् ।थाइल्यान्डका व्यवसायीहरूसँग आज बैंककमा भएको भेटवार्ताका क्रममा उनले यस्तो आग्रह गरेका हुन् । विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरूले त्यो...

चैत २५ देखि पौवाका सबै शाखामा ‘स्वादउत्सव’

चैत २५ देखि पौवाका सबै शाखामा ‘स्वादउत्सव’
  गैँडाकोट-  ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिनेगरी स्थापना भएको होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर स्वादउत्सव कार्यक्रम आयोजना गर्न लागेको छ । यही चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुनेछ । नवौं वार्षिकोत्सवको खुशियालीमा देशभरका शाखाहरूमा विभिन्न कार्यक्रमसहित पौवाले स्वादउत्सव मनाउन लागेक...

गैँडाकोट ईङ्लिस स्कुलले विज्ञान विषय पढाउने

गैँडाकोट ईङ्लिस स्कुलले विज्ञान विषय पढाउने
गैँडाकोट-पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट इङ्लिस स्कुलमा विज्ञान विषयको पढाइ हुने भएको छ । यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा विज्ञान विषयको पढाई हुने भएको हो ।स्कुलका प्रिन्सीपल हिरालाल अर्यालले यसै शैक्षिक सत्रदेखि स्कुलले विज्ञान विषयमा पढाइ सञ्चालन गर्न अनुमति प्राप्त गरेको उज्यालोलाई जानकारी दिनुभयो । एसइइको नतिजापछि स्कुलमा कक्षा ११ मा भर्नाहुने विद्यार्थीहरुका लागि लक्षित गर्दै स्कुलले नयाँ विषय थप गरेको हो । विद्यार्थी तथा अभिभावकहरुको अनुरोधमा स्कुलले नया...

नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कति भयो कालोपत्र ?

नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा कति भयो कालोपत्र ?
नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ। पूर्वी खण्डको गैंडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको योजनाका सूचना अधिकारी शिव खनालले बताए। आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडकसमेत सम्पन्न गर्ने लक्ष्यअनुसार काम गरिरहेको सूचना अधिकारी खनालले बताए। दाउन्ने खण्डमा यात्रीले धेरै सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिन...

गैँडाकोटको कालिका मेडिकल कलेजमा प्रवेश परिक्षा तयारी कक्षा सुरु हुँदै

गैँडाकोटको कालिका मेडिकल कलेजमा प्रवेश परिक्षा तयारी कक्षा सुरु हुँदै
गैँडाकोट - नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको कालिका मेडिकल कलेजले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षा सुरु गर्न लागेको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित कालिका मेडिकल कलेजले चैत्र २७ गतेदेखि प्रवेश परिक्षा तयारी कक्षा सुरु गर्न लागेको हो । चैत्र २७ गतेदेखि प्रवेश परिक्षा तयारी कक्षा सुरु हुने भन्दै वैसाख १५ गतेसम्म कलेजमा आएका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षामा समावेश गराउने कलेजले जनाएको छ ।कालिका मेडिकल कलेजका प्रशास...

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु

राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
  काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक युवकको मृत्यु भएको छ ।शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए । प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा। सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।‘४ : ३० बजे अ...

कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई बोलाउँदा पनि आएन

कोटेश्वरको भाटभटेनीमा लुटपाट, प्रहरीलाई बोलाउँदा पनि आएन
काठमाडौं । प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूह सुरक्षागार्डलाई हातपात गर्दै भाटभटेनी सुपरस्टोर भित्र प्रवेश गरेको थियो । त्यसपछि लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेको थियो । सुरक्षा माग गर्दै प्रहरीलाई बोलाउँदा पनि नआएको सञ्चालकको गुनासो छ । ‘३ः५८ बजे आईजीपीलाई फोन गरियो । तर अहिलेसम्म कोही आइपुगेन,’ भाटभटेनी स्रोतले भन्यो ।सो समूहले भाटभटेनी सुपरस्टोरको भवनका सिसा फ...