गैँडाकोट – नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको कालिका मेडिकल कलेजले एसइइ दिएर बसेका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षा सुरु गर्न लागेको छ । गैँडाकोट नगरपालिका वडा नं. ५ मा अवस्थित कालिका मेडिकल कलेजले चैत्र २७ गतेदेखि प्रवेश परिक्षा तयारी कक्षा सुरु गर्न लागेको हो ।
चैत्र २७ गतेदेखि प्रवेश परिक्षा तयारी कक्षा सुरु हुने भन्दै वैसाख १५ गतेसम्म कलेजमा आएका विद्यार्थीहरुका लागि प्रवेश परिक्षा तयारी कक्षामा समावेश गराउने कलेजले जनाएको छ ।कालिका मेडिकल कलेजका प्रशासन प्रमुख सम्झना श्रेष्ठका अनुसार स्टाफ नर्स, एचए, ल्याव–टेक्निसियन, फिजियोथेरापी, रेडियोग्राफी, फार्मेसी, सिभिल ओभरसियर र सिभिल सबओभरसियर पढ्न इच्छुक विद्यार्थीहरुका लागि तयारी कक्षा सुरु गर्न लागिएको हो ।
आधुनिक ल्याव, आफ्नै अस्पताल, प्रयोगात्मक प्रयोगशाला, दक्ष जनशक्ति तथा गुणस्तरीय शिक्षाका कारण कालिका मेडिकल कलेजले चितवन नवलपुर र यस आसपासका क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल भएको छ ।



उज्यालो खबर




