×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा आज दिउसो आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ ईट्टाभट्टी नजिकै स्थानीय श्रीप्रसाद न्यौपानेको टौवामा आगलागी हुँदा उक्त क्षति भएको हो ।

परालमा लागेको आगो भरतपुर महानगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया