×

नवलपुर विशेष

गैँडाकोटमा एकलाख राशिको बिपी स्मृतिकप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै

गैँडाकोटमा एकलाख राशिको बिपी स्मृतिकप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता हुँदै
गैँडाकोट - नवलपुरको गैँडाकोटमा बिपी स्मृति कम अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली काँग्रेस गैँडाकोट नगर समितिको आयोजनामा फागुन ८ गतेदेखि आयोजना हुने प्रतियोगिताको सबै तयारी पूरा भएको नेपाली काग्रेश गैँडाकोटले जनाएको छ । प्रतियोगिता बारे जानकारी दिन बिपी स्मृति भवन (पार्टी कार्यालय) मा आयोजित पत्रकार सम्मेलनमा नगरसभापति बद्री सापकोटाले बीपीको सम्मान र सम्झनामा फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो । प्रतियोगितामा गैँडाकोट सहि...

मापदण्द विपरित भवन बनाउदै सेन्ट्रल कलेज, कावासोती नगरपालिकाले रोक्यो निर्माण कार्य

मापदण्द विपरित भवन बनाउदै  सेन्ट्रल कलेज, कावासोती नगरपालिकाले रोक्यो निर्माण कार्य
कावासोती - कावासोती नगरपालिका–८ सभापतिचोकमा निर्माणाधीन सेन्ट्रल कलेजको भवन मापदण्ड विपरीत बनिरहेको खुलासा भएपछि नगरपालिकाले तत्काल निर्माण कार्य रोक्ने निर्देशन दिएको छ। कलेज प्रशासनले चार तल्लाको स्वीकृति लिएर सात तल्लाको भवन निर्माण गरिरहेको पाइएपछि स्थानीयले उजुरी गरेका थिए। नगरपालिकाका एक अधिकारीका अनुसार चार तल्लाभन्दा माथि भवन निर्माण गर्न विशेष इन्जिनियरिङ डिजाइन आवश्यक पर्छ, जुन यस कलेजको निर्माणमा पालना गरिएको छैन। “मापदण्ड विपरीत भवन निर्माण भइरहेको भन्दै स्थानी...

क्षयरोग अन्त्यका लागि गैँडाकोटमा एक्सरे शिविर : ४०३ जनाको स्वास्थ्य परीक्षण

क्षयरोग अन्त्यका लागि गैँडाकोटमा एक्सरे शिविर : ४०३ जनाको स्वास्थ्य परीक्षण
गैँडाकोट- क्षयरोग पहिचानका लागि पूर्वी नवलपरासीको गैँडाकोटमा सोमबार आयोजना गरिएको निःशुल्क एक्सरे शिविरमा ४०३ जनाको छातिको एक्सरे गरिएको छ ।गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी नदी किनारमा आयोजना गरिएको शिविरमा २१६ जना महिला र १८८ जना पुरुषहरुको एक्सरे गरिएको र सो क्रममा ३ जना क्षयरोगीको पहिचान भएको क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले जानकारी दिनुभयो । प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा र गैँडाकोट नगरपालिकाको संयुक्त आयोजानमा भएको एक्सरेद्धारा छा...

कार्यसम्पादन मूल्याकंनमा इच्छाकामना गाउँपालिका जिल्लामै दोस्रो, सबै नगरपालिकालाई उछिन्यो

कार्यसम्पादन मूल्याकंनमा इच्छाकामना गाउँपालिका जिल्लामै दोस्रो, सबै नगरपालिकालाई उछिन्यो
  चितवन - राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्यांकनमा चितवनका सबै नगरपालिकाहरुलाई पछि पार्दै इच्छाकामना गाउँपालिका जिल्लामा दोस्रो हुँदै ७२ अंक गर्न सफल भएको छ ।  १०० अंकभारको मूल्यांकनमा इच्छाकामनाले गतबर्षभन्दा निकै सुधारिएको सो अंक प्राप्त गरेको हो । कार्यसम्पादन मूल्याङ्कनको प्रारम्भिक नतिजामा गत आर्थिक बर्ष २०७९/८०मा इच्छाकामना गाउपालिकाले हालको भन्दा कम अंक प्राप्त गरेको थियो । कार्यसम्पादन मुल्यांकनमा चितवन जिल्लामा भरतपुर ...

दाउन्नेमा आजदेखि मदारबाबा मेला,हिन्दू र मुस्लिम भक्तजनले गर्छन संयुक्त पूजा

दाउन्नेमा आजदेखि मदारबाबा मेला,हिन्दू र मुस्लिम भक्तजनले गर्छन संयुक्त पूजा
मध्यविन्दु - हिन्दू र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा सुरु भएको मेला यही फागुन १४ गतेसम्म सञ्चालन हुने छ । मदारबाबा मेलामा नेपाल र भारतका हजारौँ हिन्दू र मुस्लिम भक्तजन आएका छन् । गत शुक्रबारदेखि नै दर्शनार्थी र बजार राख्नेहरूको भीड लागेको विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो । पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ ...

क्षयरोग पहिचानका लागि सोमबार र मंगलबार गैँडाकोटमा छातिको निःशुल्क एक्सरे गरिने

क्षयरोग पहिचानका लागि सोमबार र मंगलबार गैँडाकोटमा छातिको निःशुल्क एक्सरे गरिने
गैँडाकोट - गैँडाकोट सोमबार र मंगलबार (फागुन ५ र ६ गते) छातिको निःशुल्क एआई एक्सरे गरिने भएको छ । क्षयरोग मुक्त नगर बनाउने अभियानका लागि भोलि र पर्सी गैँडाकोटमा छातिको निशुल्क एआई एक्सरे गरिन लागेको हो । क्षयरोग मुक्त अभियान गैँडाकोटका संयोजक नारायण सापकोटाले खकार संकलन बाट क्षयरोगको पत्ता लगाउदैँ आएकोमा छातिको निःशुल्क एआई एक्सरे प्रबिधि भित्रिएकोले सोहि मेसिनले एक्सरे गर्ने बताउनुभयो । गैँडाकोट वडा नम्बर २ मा भोलि र वडा नम्बर ७ मा मंगलबार छातिको निशुल्क एआई एक्सरे कार्यक्...

कार्यसम्पादन मुल्यांकन- विनयी त्रिवेणी गाउँपालिका जिल्लाकै उत्कृष्ट

कार्यसम्पादन मुल्यांकन- विनयी त्रिवेणी गाउँपालिका जिल्लाकै उत्कृष्ट
गैँडाकोट- राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन सूचकको मुल्याङ्कनको आधारमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ । नवलपुर जिल्लामा विनयी त्रिवेणी गाउँपालिका उत्कृष्ट हुदाँ क्रमशः देवचुली नगरपालिकाले ७१.४ अंक, गैंडाकोट नगरपालिकाले ७०.९ अंक, मध्यविन्दु नगरपालिकाले ६८.६ अंक, बौदीकाली गाउँपालिकाले ६३.९ अंक, कावासोती नगरपालिकाले ६२.९ अंक, हुप्सेकोट गाउँपालिकाले ६०.८ अंक र बुलिङ्गटार गाउँपालिकाले ४६.३ अंक प्राप्त गरेका छन् । ...

अक्सफोर्ड कलेजमा रक्तदान – १४६ युनिट रगत संकलन

अक्सफोर्ड कलेजमा रक्तदान – १४६ युनिट रगत संकलन
गैँडाकोट - अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) गैँडाकोटको २५ औँ बार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदानमा १४६ जनाले रक्तदान गरेका छन् । कलेज परिसरमा आयोजना भएको रक्तदानमा १०१ जना पुरुष र ४५ जना महिलाहरुले रक्तदान गरेको कलेजका प्राचार्य फ्रोफेसर डाक्टर हरि भण्डारीले जानकारी दिनुभयो । कलेजका प्राचार्य भण्डारीले रक्तदान गर्ने विद्यार्थीहरुलाई ब्लड ब्याग दिएर कार्यक्रमको उद्घाटन गरिएको थियो । रजज जयन्तीको अवसरमा कलेजले माघ महि...

गैंडाकोटमा शुक्रवार बृहत स्वास्थ्य शिविर हुँदै

गैंडाकोटमा शुक्रवार बृहत स्वास्थ्य शिविर हुँदै
गैंडाकोट - प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा  फागुन २ गते, शुक्रवारका दिन गैंडाकोट स्थित लखनचोकमा सञ्चालन गरिने स्वास्थ्य सल्लाहकार चेतवहादुर सारु मगरले जानकारी दिए । विशेषज्ञ एवम् प्राविधिक सहयोग पुष्पाञ्जली हस्तिपटल प्रा.लि.भरतपुर रहेको शिविरमा फिजिसियन डा।भोजराज अधिकारी, डा.रिके...