×

नवलपुर विशेष

गैँडाकोटमा सुरु भयो मासिक २ हजारमै जापानी भाषा कक्षा

गैँडाकोटमा सुरु भयो मासिक २ हजारमै जापानी भाषा कक्षा
नवलपुर - नवलपुरको गैँडाकोटमा रहेको एम्स एब्रोड एजुकेशन प्रालिले जापानी भाषा सिक्न चाहने विद्यार्थीलाई विशेष सुविधा दिने उद्देश्यसहित मासिक दुई हजार रुपैयाँमै भाषा कक्षा सञ्चालन गर्ने भएको छ। एम्सले भदौ र असोज महिनाभित्र भर्ना हुने विद्यार्थीलाई मासिक शुल्क रु २ हजारमै जापानी भाषा सिकाउने घोषणा गरेको हो। सामान्यतया भाषा कक्षा शुल्क धेरै हुने भए पनि यस संस्थाले विद्यार्थीहरूको सुविधा र पहुँचलाई ध्यानमा राख्दै शुल्क न्यून बनाएको बताइएको छ। आज गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनम...

नेपाली कांग्रेस गैँडाकोट वडा नं. ४ को बृहत् भेला सम्पन्न, ६ उपसमिति गठन

नेपाली कांग्रेस गैँडाकोट वडा नं. ४ को बृहत् भेला सम्पन्न, ६ उपसमिति गठन
गैँडाकोट । नेपाली कांग्रेस नगरकार्य समिति गैँडाकोटले १८ वटै वडामा वार्षिक भेला तथा वडा सम्मेलन गर्ने निर्णयअनुसार आज वडा नम्बर ४ मा बृहत् भेला सम्पन्न भएको छ। कार्यवाहक सभापति रामचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा वडा नं. ४ का सम्पूर्ण क्षेत्रीय प्रतिनिधि, वडा कार्यसमिति सदस्य, टोल सभापति, भातृसंघका पदाधिकारी, जनप्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा नगर प्रतिनिधि एवं नगर सचिव गोविन्द घिमिरेले पार्टी संगठनलाई अझ मजबुत बनाउन वडा स्तरका विभिन्न समिति ग...

गैँडाकोटमा नयाँ प्रमुख प्रशासकीय अधिकृत लामगादेलाई स्वागत

गैँडाकोटमा नयाँ प्रमुख प्रशासकीय अधिकृत लामगादेलाई  स्वागत
गैँडाकोट- तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट सरुवा भई गैँडाकोट नगरपालिकामा आउनुभएका रामचन्द्र लामगादेलाई आज  स्वागत गरिएको छ। मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइरालाले लामगादेलाई ढाकाटोपी, अविर र खादा ओडाएर स्वागत गर्दै उहाँको आगामी कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो। मेयर अधिकारीले स्वागत मन्तव्यमा लामगादेलाई गैँडाकोटमा ढुक्कसाथ काम गर्न आग्रह गर्दै, जनप्रतिनिधि र कर्मचारीहरूसँगको समन्वयमा उनको अनुभवले नगरपालिकालाई महत्वपूर्ण लाभ पुर्‍याउने बताउनुभयो।उपमेयर...

गैँडाकोटमा सडक र सामुदायिक कुकुरलाई रेविजविरुद्ध खोप अभियान सुरु

गैँडाकोटमा सडक र सामुदायिक कुकुरलाई रेविजविरुद्ध खोप अभियान सुरु
गैँडाकोट - गैँडाकोट नगरपालिकाको आयोजनामा सडक तथा सामुदायिक कुकुरलाई रेविजविरुद्धको खोप लगाउने अभियान आज (सोमबार) मिलनचोक, वडा नं. १ बाट सुरु भएको छ । नगरका सबै १८ वटै वडामा सञ्चालन हुने यस अभियान करिब एक महिनासम्म चल्नेछ । नगरपालिकाले गैँडाकोटमा मात्रै दुई हजार भन्दा बढी सामुदायिक कुकुर रहेको अनुमान गरेको छ । गतवर्ष रेविजका कारण गैँडाकोटमा २ जनाले ज्यान गुमाउनुपरेको हुँदा यस वर्षको अभियानलाई अझ प्रभावकारी बनाइएको छ । खोप अभियानमा हिमालयन एनीमल रेस्क्यू ट्रस्ट (हार्ट नेपाल),...

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा

रुपन्देही ३ मा रास्वपाका उम्मेदवार लेखजंग थापा
राष्ट्रिय स्वतन्त्र पार्टीले रूपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ।रास्वपा उपसभापति डिपी अर्यालले आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन्। रास्वपाका अनुसार प्राइमरी इलेक्सन गरी उम्मेदवार छानिएको हो। ९ जना उम्मेदवार बन्न आकांक्षी थिए। त्यसमध्ये लेखजंगलाई उम्मेदवार बनाइएको हो।भैरहवाका लेखजंग वरिष्ठ न्युरोलोजिष्ट, अभियानी र सामाजिक व्यक्तित्व हुन्। उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी ...

बुलिङटार–बौदीकालीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र

बुलिङटार–बौदीकालीमा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृहमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ - नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जिल्लाका जनप्रतिनिधि र सरोकारवालाले बुलिङटार र बौदीकाली गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्नुपर्ने मागसहित शुक्रबार गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा जिल्लाको दुर्गम भौगोलिक अवस्था र नागरिकले प्रशासनिक सेवा लिन कावासोतीसम्म जानुपर्ने कठिनाइलाई औंल्याउँदै तत्काल आवश्यक पहल गर्न माग गरिएको छ। सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन बौदीकाली गाउँपालिकाको केन्द्र नजिकै इलाका प्रशासन कार्यालय स्था...

गैँडाकोट नगरपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत खनालको सम्मानपूर्वक विदाई

गैँडाकोट नगरपालिकाद्वारा प्रमुख प्रशासकीय अधिकृत खनालको सम्मानपूर्वक विदाई
गैँडाकोट- गैँडाकोट नगरपालिकामा करिब दुई वर्षको कार्यकाल पूरा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई शुक्रबार औपचारिक समारोहका बीच विदाई गरिएको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा पालिका मातहतका  कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा नगर प्रमुख अधिकारी र उपप्रमुख कोइरालाले खनाललाई ढाकाटोपी र मायाको...

गैँडाकोटमा सडक तथा संरचना समस्या समाधान गर्न एमालेको ध्यानाकर्षण

गैँडाकोटमा सडक तथा संरचना समस्या समाधान गर्न एमालेको ध्यानाकर्षण
गैँडाकोट- नारायणी पुलतर्फको गैँडाकोट सडक खण्डको जीर्ण अवस्था सुधार गर्न नेकपा (एमाले) गैँडाकोट नगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ।करिब १२० मिटर लामो जिकज्याक सडक खण्डमा दिनहुँजसो दुर्घटना हुने र यात्रुले ज्यान गुमाउने अवस्था सिर्जना भएकाले तत्काल पिच गर्नुपर्ने माग एमालेले अघि सारेको हो। ध्यानाकर्षण पत्र बुझाउने क्रममा नगर कमिटी अध्यक्ष कृष्ण कँडेलले “धुलोका कारण स्थानीयवासी र यात्रुको स्वास्थ्यमा गम्भीर असर परेको छ, ढुंगा छुट्टिएर दुर्घटनाको जोखिम बढेको छ, त्यसैले तत्का...

देवचुलीमा अटो लोडर दुर्घटना, १ भारतीय नागरिकको मृत्यु, ११ घाइते

देवचुलीमा अटो लोडर दुर्घटना, १ भारतीय नागरिकको मृत्यु, ११ घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)- देवचुली नगरपालिका–१७ को टोक्रे खोलामा मंगलबार साँझ भएको अटो लोडर दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। लु १ स ९०९४ नम्बरको सामान बोक्ने अटो लोडर नियन्त्रण गुमाउँदा सडकबाट तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। दुर्घटनामा परेर भारत, मोतिहारी घर भएका ३५ वर्षीय रिजवान खानको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसैगरी, दुर्घटनामा परेर अन्य ११ जना भारतीय नागरिक घा...