मतदाता नामावली संकलन सुरु, ३० कात्तिकसम्म दर्ता गर्न सकिने
काठमाडौं- निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन सुरु गरेको छ।
आयोगका अनुसार १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकहरूले प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा गएर नाम दर्ता गर्न सक्नेछन्। सार्वजनिक बिदा बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दर्ता खुला रहनेछ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले ताजा जनादेशका लागि निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली संकलनलाई कानुनी आधार दिन बुधबार अ...


