×

नवलपुर विशेष

गैँडाकोट प्रहरीमा नयाँ नेतृत्व, इन्सपेक्टरमा गिरी

गैँडाकोट प्रहरीमा नयाँ नेतृत्व, इन्सपेक्टरमा गिरी
गैँडाकोट - इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक कमला नराल सरुवा भई नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय, सामाखुशी पठाइएकी छन्। उनको सरुवापछि गैँडाकोटको प्रहरी नेतृत्व लक्ष्मण गिरी सम्हाल्ने भएका छन्। गिरी नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा कार्यरत थिए ।गिरीको प्रमुख चुनौती स्थानीय क्षेत्रमा बढ्दो चोरी, जुवा र अन्य अपराध नियन्त्रण गर्नु पर्ने बताइएको छ। प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको सरुवा गरेको छ। असोज २८ गतेको प्रहरी महानिरी...

निकै दुखद खबर – हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने

निकै दुखद खबर – हमासले पुष्टि गर्‍यो विपिन जोशीको मृत्यु, शव आजै इजरायललाई बुझाउने
काठमाडौं । हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो ।हमासको सैन्य शाखाले अहिले चार जना बन्धकहरूको नाम सार्वजनिक गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार हमासले इ इलौज,योस्सी शराबी,बिपिन जोशी, डानियल पेरेत्सको शव बुझाउन लागेको हो ।हमासले आजै जिवित २० जनाहरुलाई मुक्त गरेको थियो । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जना सम्मको हुनसक्ने भनिएको छ ।

नेपाली कांग्रेस नवलपुरका सभापतिहरूको निष्कर्ष : नेतृत्व परिवर्तन अपरिहार्य

नेपाली कांग्रेस नवलपुरका सभापतिहरूको निष्कर्ष : नेतृत्व परिवर्तन अपरिहार्य
कावासोती - नेपाली कांग्रेस नवलपुरका आठ स्थानीय तहका सभापतिहरूले पार्टीको नेतृत्व परिवर्तन अब अपरिहार्य भएको निष्कर्ष निकालेका छन्। बुधबार कावासोतीमा बसेको सभापतिहरूको बैठकले हालको नेतृत्वले संगठनमा आवश्यक ऊर्जा र जनविश्वास पुनःस्थापित गर्न नसकेको भन्दै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा जिल्लाका महाधिवेशन प्रतिनिधिहरूलाई “नेतृत्व परिवर्तनका लागि चलिरहेको हस्ताक्षर अभियानमा सहभागी भई परिवर्तनको पक्षधर बन्न” आग्रह गरिएको...

गैँडाकोटमा आगलागीबाट एक महिलाको मृत्यु

गैँडाकोटमा आगलागीबाट एक महिलाको मृत्यु
चितवन-  गैँडाकोट नगरपालिका–१० सम्झना चोकमा आइतबार बिहान आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ७९ वर्षीया श्याम कुमारी श्रेष्ठ आफ्नै घरको भुईँतलाको कोठामा आगलागी हुँदा मृत अवस्थामा फेला परेकी हुन्। आगलागी नियन्त्रणमा आइसकेको र घटनास्थल सुरक्षित गरिएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट वेल्डिहाबाट तीन जनाको टोली घटनास्थल पुगेको थियो।यस घटनाबारे थप अनुसन्धानका लागि प्रहरी उपरीक्षकको कमान्डमा अपराध स्थल अनुसन्धान (S...

कालिगण्डकी करिडोर र भित्री सडक राति बन्द हुने (सूचना सहित )

कालिगण्डकी करिडोर र भित्री सडक राति बन्द हुने (सूचना सहित )
नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागको अनुमान अनुसार यस अवधिमा मध्यमदेखि भारी वर्षा हुने भएकाले सम्भावित बाढी, डुबान, पहिरो र भूक्षयबाट बच्न सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो । प्रशासनले अत्यावश्यक बाहेक घरदेखि टाढा नगइ राति यात्रा नगर्न, नदी किनार र पहिरो जोखिम क्षेत्रमा बसाइ छाड्न, आवश्यक कागजात र खाद्यान्नसहितको ‘झटपट झोला’ तयार गर्न सुझाव दिएको छ ।...

गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य

गैँडाकोट बन्दैछ धार्मिक तथा पर्यटकीय गन्तव्य
नवलपुर (नवलपरासी) - नेपालको मध्यभागमा पर्ने जिल्लाको रुपमा रहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा पर्ने गैँडाकोट नगरपालिका धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ । गैँडाकोटमा ऐतिहासिक धार्मिक क्षेत्रहरु धेरै रहेकाले यसलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको नगरपालिकाले जनाएको छ । गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी धार्मिक तथा पर्यटकीय क्षेत्रहरु वडा नं १ मा रहेका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल द...

देवचुलीमा ट्याक्टरबाट खस्दा एकजना गम्भीर घाइते

देवचुलीमा ट्याक्टरबाट खस्दा एकजना गम्भीर घाइते
नवलपुर-  नवलपुरको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित भित्री सडकखण्डमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्। ना ७ त ५८४२ नम्बरको पराल लोड गरिएको ट्याक्टर भौतघारीतर्फ आउँदै गर्दा घुम्तीमा मोड्ने क्रममा सवार ५७ वर्षीय श्रीधर न्यौपाने सडकमा खस्दा घाइते भएका हुन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। न्यौपानेलाई उपचारका लागि तत्काल नयाँ मेडिकल कलेज चितवन पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय रजहरबाट प्रह...

जेनजी आन्दोलन – ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृत्यु

जेनजी आन्दोलन – ट्रमा सेन्टरमा उपचाररत गम्भीर घाइते राईको मृत्यु
काठमाडौं - गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् । अहिले शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ ।उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत थिए ।दुई दिनसम्म घाइते अवस्थामा आईसीयूमै गुमनाम भएका उनी काठमाडौंका बालाजुमा मजदुरी गर्दै आएका थिए । तर, उनको सम्पर्क नियमित रूपमा परिवारसँग थिए...

अक्सफोर्ड कलेजमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अक्सफोर्ड कलेजमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
चितवन । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्टमा  दशैं शुभकामना आदानप्रदान, नियुक्तिपत्र वितरण तथा बिदाइ कार्यक्रम  सम्पन्न भएको छ। कार्यक्रम प्राचार्य प्रा. डा. इन्जिनियर हरि भण्डारीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा अध्यक्ष नारायण भण्डारी प्रमुख अतिथि र प्रा. डा. बसन्त अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो। उप–प्राचार्य कृष्णहरि पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समारोहको सुरुवातमा वरिष्ठ सल्लाहकार स्व. रामप्रसाद चंचल, सहिदहरू तथा हालसालै दिवंगत भए...