×

नवलपुर विशेष

बुलिङटारमा सुन्तलाको चहलपहल, किसानको बारीमै बिक्री सुरु

बुलिङटारमा सुन्तलाको चहलपहल, किसानको बारीमै बिक्री सुरु
नवलपुर-  बुलिङटार गाउँपालिका–५ राईकोटका किसानले यस वर्षको सुन्तला बिक्री सुरु गरेका छन्। किसानहरूले आफ्नै गाउँको सडक छेउमै सुन्तला ल्याएर बिक्री गर्दै आएका छन्। आगामी ठूलो एकादशीका दिन पिठौली र गड्गडीघाटमा लाग्ने मेलालाई लक्षित गर्दै किसानहरूले बजारका लागि सुन्तला तयारी अवस्थामा राखेका छन्। यस वर्ष झरिमा समेत सुन्तला कावासोतीका बजारसम्म पुगेका छन्। बुलिङटार गाउँपालिका जिल्लाकै सबैभन्दा धेरै सुन्तला फल्ने पालिका मानिन्छ। राईकोट, रामकोट र छरछरे गाउँ सुन्तलाका लागि पहिचान भएका...

गैंडाकोटको अमरापुरीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते

गैंडाकोटको अमरापुरीमा मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका१४ अमरापुरीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो मोटरसाइकलले ठक्कर दिँदा एक महिला घाइते भएकी छन्। दिउँसो करिब १ः३० बजे कावासोतीबाट नारायणगढतर्फ जाँदै गरेको ना.५९ प. २२२६ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेकी गैंडाकोट–१४ की ३३ वर्षीया इन्दिरा घिमिरेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट घाइते भएकी घिमिरेको टाउकोमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। उनलाई प्रारम्भिक उपचारपछि नयाँ मेडिकल कलेज, भरतप...

गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा किशोरी घाइते

गैंडाकोटमा स्कुटरले ठक्कर दिँदा किशोरी घाइते
नवलपुर - नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका–२ न्यायचोकस्थित भित्री सडक खण्डमा स्कुटरले ठक्कर दिँदा एक किशोरी घाइते भएकी छन्। हिजोसाँझ करिब ७ः४० बजे सिलान्यासचोकबाट भृकुटीचोकतर्फ जाँदै गरेको प्र.३–०३–००२ प ३७०३ नम्बरको स्कुटरले पैदलयात्री १७ वर्षीया सृष्टी सुनारलाई ठक्कर दिएको हो। जिल्ला पर्वत घर भई हाल गैंडाकोट–२ बस्दै आएकी सुनारलाई टाउकोमा चोट लागेपछि उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएको प्रहरीले जनाएको छ। स्कुटर चालक गैंडाकोट–१ निवासी ३२ वर्षीय पदम रानाभाटलाई...

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति
त्रिवेणी - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारीको अनुमति प्राप्त भएको छ । योसँगै पर्यटन व्यवसाय फस्टाउनुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वासमा यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले नवलपुर पर्यटन समितिलाई आर्थिक वर्ष २०८२/८३ का लागि ‘जङ्गल ड्राइभ’ जीप सफारी सञ्चालन गर्न अनुमति दिएको हो । उक्त अनुमतिले पर्यटकीय गतिविधि थप बढ्ने नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । निकुञ्ज...

गैंडाकोटमा नेपाल प्रिमियर लिग ट्रफीको भव्य स्वागत

गैंडाकोटमा नेपाल प्रिमियर लिग ट्रफीको भव्य स्वागत
गैंडाकोट- नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल)–२०८२ को दोस्रो संस्करण नजिकिँदै गर्दा प्रतियोगिताको ट्रफी आज गैंडाकोटमा प्रदर्शन गरिएको छ। नवलपुर जिल्ला क्रिकेट संघको पहलमा ट्रफीलाई गैंडाकोट–९ स्थित नवजागरण क्रिकेट रंगशालामा विशेष समारोहबीच प्रदर्शन गरिएको हो। संघका अध्यक्ष धामनाथ सापकोटाले ट्रफी गैंडाकोट ल्याउन पाउँदा अत्यन्त खुशी लागेको बताउँदै दर्शकहरूले उत्साहका साथ ट्रफी अवलोकन गरी तस्बिर खिच्दै रमाएको जानकारी दिनुभयो। सापकोटाका अनुसार ट्र...

मौलाकालिका मन्दिरबाट फर्कँदै गरेको अटो दुर्घटना, चार जना घाइते

मौलाकालिका मन्दिरबाट फर्कँदै गरेको अटो दुर्घटना, चार जना घाइते
गैँडाकोट । नवलपुर (पूर्व) गैँडाकोट नगरपालिका–३चिसापानी स्थित भित्री सडक खण्डमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।बिहान करिब ११ बजे मौलाकालिका मन्दिरबाट गैँडाकोटतर्फ फर्कँदै गरेको ना २ ह २१५५ नम्बरको अटो अचानक ब्रेक फेल भई करिब १० मिटर तल सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अटो चालक सहित चार जना घाइते भएका छन्।घाइतेहरूमा मध्यबिन्दु नगरपालिका–७ निवासी ५७ वर्षीया सरस्वती पौडेल, १४ वर्षीया कविता पौडेल, कावासोति नगरपालिका–१ की ३६ वर्षीया गंगा कंडेल, र...

गैंडाकोट बस्दै आएका एकपुरुषको भरतपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु

गैंडाकोट बस्दै आएका एकपुरुषको भरतपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु
चितवनको भरतपुर महानगरपालिका–१२ गोन्द्राङस्थित सडक खण्डमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा गैंडाकोटमा बस्दै आएका एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। आज बिहान करिब ४स्१५ बजे टाँडीबाट गोन्द्राङतर्फ जाँदै गरेको ग–१०–प ६१२२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई सडक बीचको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक नवलपुर गैंडाकोट नगरपालिका–१ का २६ वर्षीय केशव घर्ती मगर मध्यम घाइते भएका छन्। उहाँको उ...

मध्यबिन्दुमा स्कुटर र तेल ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

मध्यबिन्दुमा स्कुटर र तेल ट्याङ्कर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
 नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहान करिब ६:३० बजे पूर्व–पश्चिम राजमार्गमा चोरमारा बाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल लोड ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करका कारण स्कुटरमा सवार मध्यबिन्दु–१३ मैनाघाटका ४० वर्षीय बिरबहादुर सिंजाली गम्भीर घाइते भई उपचारका लागि मध्यबिन्दु प्रा...

जीवन बचाउने अभियानका योद्धा गैँडाकोटका सन्तोष वाग्ले, ११९ पटक रगत दिँदा पनि उस्तै उत्साह

जीवन बचाउने अभियानका योद्धा गैँडाकोटका सन्तोष वाग्ले, ११९ पटक रगत दिँदा पनि उस्तै उत्साह
गैँडाकोट -  गैँडाकोट नगरपालिका–२ निवासी ५७ वर्षका सन्तोष कुमार वाग्लेले हालसम्म ११९ पटक रक्तदान गर्दै उदाहरणीय मानवीय सेवा प्रस्तुत गर्नुभएको छ । उहाँ यस क्षेत्रका सबैभन्दा बढी पटक रक्तदान गर्ने व्यक्तिहरूमध्ये अग्रस्थानमा रहनु भएको छ । वाग्लेले विसं २०४५ सालदेखि रक्तदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आउनुभएको हो । सुरुमा साथीहरूको प्रेरणाले रक्तदान अभियानमा सहभागिता जनाउनुभएका वाग्ले अहिले नियमित र जिम्मेवार रक्तदाता बन्नुभएको छ । उहाँ चिकित्सकको सल्लाह अनुसार हरेक तीन–ती...