×

नवलपुर-  नवलपुरको देवचुली नगरपालिका–१७ पिप्रहरस्थित भित्री सडकखण्डमा मंगलबार साँझ भएको ट्याक्टर दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

ना ७ त ५८४२ नम्बरको पराल लोड गरिएको ट्याक्टर भौतघारीतर्फ आउँदै गर्दा घुम्तीमा मोड्ने क्रममा सवार ५७ वर्षीय श्रीधर न्यौपाने सडकमा खस्दा घाइते भएका हुन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। न्यौपानेलाई उपचारका लागि तत्काल नयाँ मेडिकल कलेज चितवन पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय रजहरबाट प्रहरी टोली खटिएको थियो। सो ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया