×

गैंडाकोट । देशको बदलिएको राजनीतिक अवस्थालाई लिएर नेपाली कांग्रेस नगरकार्य समिति गैंडाकोटले आज नगरकार्य समितिको बैठकसँगै बृहत भेलाको आयोजना गरेको छ।

नगर सभापति बद्री सापकोटाको अध्यक्षतामा सम्पन्न भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली, जिल्ला सभापति महेन्द्र ध्वज जिसी, महासमिति सदस्य ओमप्रसाद सापकोटा, गजेन्द्रबहादुर आले, विष्णुकुमारी कँडेल, गण्डकी प्रदेश कार्यसमिति सदस्य द्रोणवन सन्यासी, जिल्ला सहसचिव राजेश पौडेल, क्षेत्रीय सभापति अमृत भट्टचन, राजनैतिक विश्लेषक मनोहर पराजूलीलगायतको उपस्थिति रहेको थियो।

भेलामा सहभागी नेताहरूले पार्टीलाई समयानुकूल रूपान्तरण गर्दै सबै उमेर समूह, वर्ग, लिङ्ग र जातिको साझा आकर्षण बन्ने गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। उनीहरूले कांग्रेसलाई सबै नागरिकको लोभलाग्दो पार्टी बनाउन उदघोष गरेका थिए।

कार्यक्रममा सहभागी अधिकांश कार्यकर्ताले अर्लि महाधिवेशन गरेर नयाँ सोच, नयाँ विचार र नयाँ नेतृत्वमार्फत चुनावमा जानुपर्ने धारणा राखे। साथै, Gen Z आन्दोलनको नाममा तोडफोड र आगजनी गर्ने दोषीलाई कानूनी कारबाही गर्नुपर्ने आवाज समेत उठेको थियो।

उक्त वृहत भेलाको सहजीकरण नगर सचिव गोविन्द घिमिरेले गरेका थिए।

तपाईको प्रतिक्रिया