गैँडाकोट- तनहुँको शुक्लागण्डकी नगरपालिकाबाट सरुवा भई गैँडाकोट नगरपालिकामा आउनुभएका रामचन्द्र लामगादेलाई आज स्वागत गरिएको छ। मेयर मदनभक्त अधिकारी र उपमेयर शान्ति कोइरालाले लामगादेलाई ढाकाटोपी, अविर र खादा ओडाएर स्वागत गर्दै उहाँको आगामी कार्यकाल सफल रहोस् भनी शुभकामना व्यक्त गर्नुभयो।
मेयर अधिकारीले स्वागत मन्तव्यमा लामगादेलाई गैँडाकोटमा ढुक्कसाथ काम गर्न आग्रह गर्दै, जनप्रतिनिधि र कर्मचारीहरूसँगको समन्वयमा उनको अनुभवले नगरपालिकालाई महत्वपूर्ण लाभ पुर्याउने बताउनुभयो।उपमेयर कोइरालाले पनि नगरपालिकालाई नयाँ उचाइमा पुर्याउन प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्णायक रहने विश्वास व्यक्त गर्नुभयो।
स्वागत कार्यक्रममा बोल्दै रामचन्द्र लामगादेले गैँडाकोटमा काम गर्न पाउनु आफूसँगै पालिकाका लागि पनि अवसर भएको उल्लेख गर्दै, कर्मचारीहरूको सहयोगमा नगरपालिकालाई उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले असार विकास रोक्न समयमै व्यवस्थित कार्ययोजना बनाएर अघि बढ्ने योजना रहेको बताउनुभयो ।



उज्यालो खबर




