×

नवलपुर विशेष

उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि

उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं । उद्योगी विनोद चौधरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उँहाले शुक्रबार आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण पुष्टि भएको र आफूमा कुनै लक्षण नदेखिएको चौधरीले उल्लेख गर्नुभएको छ । डाक्टरको सुझाव अनुसार आफू आइसोलेसनमा बसेको र आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गर्नुभएको छ ।  

पुुर्वी नवलपरासीमा थप ८ जनामा कोरोना पुुष्टि

पुुर्वी नवलपरासीमा थप ८ जनामा कोरोना पुुष्टि
गैँडाकोट ।  पूर्वी नवलपरासीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जिल्लाको विनयी त्रिवेणी गाँउपालिका वडा नं १ का १७, ४०, ६१ र ६७ वर्षीया गरि ४ जना महिलालाई संक्रमण पुष्टि भएको छ ।यस्तै जिल्लाकै देवचुली नगरपालिका वडा नं १५ कि ५० वर्षीय महिला र देवचुली १६ का ३० वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताउनु भयो । यता जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले सवै जिल्लावासीलाई सुरक्षित रुपमा घरमै रहन आग्रह गरेको छ । प्रमुख...

शिक्षा क्षेत्रको वैकल्पिक उपायका वारेमा हुप्सेकोट गाँउपालिका द्धारा विज्ञ सहित छलफल

शिक्षा क्षेत्रको वैकल्पिक उपायका वारेमा हुप्सेकोट गाँउपालिका द्धारा विज्ञ सहित छलफल
नवलपुर ।     लामो समय देखि अवरुद्ध रहेको शिक्षा क्षेत्रको वैकल्पिक व्यवस्थाका वारेमा हुप्सेकोट गाँउपालिकाले छलफल थालेको छ । कोरोना भाइरसका कारण अवरुद्ध रहेको पठन पाठन लाई वैकल्पिक व्यवस्था मार्फत कसरी सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा सांसद, विभिन्न पालिका प्रमुख र शिक्षा विदहरु संग छलफल गरिएको हो । हुप्सेकोट गाउँपालिकाको आयोजनामा पुर्व स्वास्थ्य मन्त्रि एवम् सांसद गगन थापा, शिक्षा विद डा. विधानाथ कोइराला, डा. नवराज लम्साल सहित विभिन्न जिल्लाका २० वटा पालिका प्रमुख सहितको भिडि...

लागुुऔषध सहित चितवनका २ जना गैँडाकोटमा पक्राउ

लागुुऔषध सहित चितवनका २ जना गैँडाकोटमा पक्राउ
गैँडाकोट । ईलाका प्रहरी कार्यालय गैँडाकोटले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका ९ बस्ने बर्ष २३ का सुवाश श्रेष्ठ र भरतपुर महानगरपालिका वडा नं.२ का २६वर्षीय ध्रुव श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले दिएको जानकारी अनुसार बुधबार (आज) गैँडाकोट नगरपालिका वडा नम्बर २ मा हिडिरहेका उनिहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद भएको हो । उनीहरुको साथबाट २ एम्पुल नुफ्रिन, २ एम्पुल फेनरागन र २ एम्पुल ...

संक्रमित पत्रकारको दिनचर्या : आईसोलेसनमा रहँदा पनि नरोकिएको बस्ताकोटीको पत्रकारिता

संक्रमित पत्रकारको दिनचर्या : आईसोलेसनमा रहँदा पनि नरोकिएको बस्ताकोटीको पत्रकारिता
संजय भट्टराई, नवलपुर। हामी सबैलाई थाहा छ , कोरोना संक्रमित भए पछि मान्छे आईसोलेसनमा हुन्छ , कोरोना संक्रमणबाट मुक्त हुन उसले हर संभब प्रयास गर्छ , उसको दिमागमा अरु केही हुँदैन , उ आराम सिबाय अरु केही सोच्दैन । तर पुर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा भने फरक दृष्य देख्न सकिन्छ । नेपालकै उत्कृष्ट आईसोलेसनको रुपमा ख्याती पाएको यस ठाउँमा कोरोना संक्रमितहरु बिहान उठे देखि नै योग ध्यान प्रणायम लगाएतका नित्यकर्ममा व्यस्त देखिन्छन । उनिहरु ब...

गैँडाकोट २ पुर्णरुपमा लकडाउन

गैँडाकोट २ पुर्णरुपमा लकडाउन
गैँडाकाेट । गैँडाकोट नगरपालिका वडा नम्बर २ मा स्थानीय स्तरमा नै कोरोना संक्रमित देखिएपछि आजदेखि वडालाई थप कडाई गरिएको छ । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गर्दै वडा अध्यक्ष धुव्रराम पौडेल सहितको टोली आफै फिल्डमा खटिएको छ । नगरपालिकाको २ नम्बर वडामा बढि संक्रमण देखिएपछि नगरपालिकाले २ नम्बर वडा क्षेत्रमा गएराति १२ वजेदेखि लागु हुने गरी भाद्र १५ गते राती १२ बजेसम्मका लागि बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको थियो । स्थानीय प्रहरी,टोलविकास संस्था र वडाका ...

पुर्वि नवलपरासीमा भाद्र १४ गतेसम्म निषेधाज्ञा थप

पुर्वि नवलपरासीमा भाद्र १४ गतेसम्म निषेधाज्ञा थप
नवलपुर, भदौ ९ जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले निषेधाज्ञाको समय पाँचदिन थप गरेको छ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले पाँचदिनका लागी निषेधाज्ञाको समय गप गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । यसअघि भदौ ९ सम्म निषेधाज्ञा गरिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरिएको घिमिरेले बताए । कोरोना संक्रमण नियन्त्रणका लागि (आजराति) भदौ ९ गते राति १२ बजेबाट भदौ १४ गते राति १२ बजे सम्म अत्...

गैँडाकोट २ मा आजराति १२ वजेदेखि थप कडाई, अत्यावश्यक बाहेकका व्यवसाय बन्द

गैँडाकोट २ मा आजराति १२ वजेदेखि  थप कडाई, अत्यावश्यक बाहेकका व्यवसाय बन्द
९ भाद्र, गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर २ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले थप कडाई गर्ने भएको छ । मंगलबार राति (आज) १२ वजेदेखि वडा नम्बर २ मा थप कडाई गर्ने तयारीमा नगरपालिका जुटेको हो । समुदाय स्तरमा नै कोरोना पुष्टि भएपछि वडामा घरबाट बाहिर निष्कन समेत नपाउने गरी पूर्णरुपमा बन्देज लगाईएको मेयर छत्रराज पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार राती १२ बजेदेखि भाद्र १५ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका व्यवसाय बन्द हुनेछन भने टोल विकास स...

गैंडाकोटका २ जनामा काेरोना पुष्टी

गैंडाकोटका २ जनामा काेरोना पुष्टी
८ भदौ । चितवन मेडिकल कलेजमा विरामी आफन्तलाई कुर्न वसेका गैंडाकोटका दुई जनालाई कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलका अनुसार गैंडाकोट नगरपालिका वडानम्वर २ का ४२ वर्षीय पुरुष र ३९ वर्षीय महिलामा संक्रमण देखिएको हो ।उनिहरु श्रीमान श्रीमती रहेको पौडेलले बताए । विरामीलाई भने कोभिड १९ नेगेटिभ आएको उनकाे भनाई छ । हाँच्छु आएपछि जाँच गराउन स्वाव दिएपछि कोभिड १९ पुष्टी भएको थियो । उनीहरुलाई रजहर आइसोलेसन पठाइएको पौडेलले बताए । त्य...