
नवलपुर । लामो समय देखि अवरुद्ध रहेको शिक्षा क्षेत्रको वैकल्पिक व्यवस्थाका वारेमा हुप्सेकोट गाँउपालिकाले छलफल थालेको छ । कोरोना भाइरसका कारण अवरुद्ध रहेको पठन पाठन लाई वैकल्पिक व्यवस्था मार्फत कसरी सञ्चालन गर्न सकिन्छ भन्ने वारेमा सांसद, विभिन्न पालिका प्रमुख र शिक्षा विदहरु संग छलफल गरिएको हो । हुप्सेकोट गाउँपालिकाको आयोजनामा पुर्व स्वास्थ्य मन्त्रि एवम् सांसद गगन थापा, शिक्षा विद डा. विधानाथ कोइराला, डा. नवराज लम्साल सहित विभिन्न जिल्लाका २० वटा पालिका प्रमुख सहितको भिडियो संवादमा पठन पाठन कसरी अगाडि वढनाउने भन्ने वारेमा साझा छलफल गरिएको थियो ।
सो अवसरमा वोल्दै सांसद गगन थापाले कारोना भाइरसको त्रास लामो समय सम्म रहने हुदा अव स्थानिय सरकारले वैकल्पिक माध्यम वाट अध्ययन कार्य अगाडि वढाउनु पर्ने सुझाव दिनु भएको थियो । विधार्थिलाई पाठ घोकाउने नभइ व्यवाहारीक ज्ञान र प्रयोगाात्मक सिप सिकाउदै सुचना प्रविधिको प्रयोग मार्फत पठाइ सञ्चालन गर्न सकिने वताउनु भएको थियो ।
त्यसैगरी शिक्षा विद विधानाथ कोइरालाले स्थानिय स्तरमा उपलव्ध साधन स्रोतलाई प्रयोग गरेर पठन पाठन अगाडि वढाउन सकिने वताउनु भयो । अव स्थानिय सरकारले वाटो पिच गर्नु मात्र विकाश हो भन्ने मान्यता हटायर वालवालिकालाई रेडियो , टेलिभिजन, इन्टरनेट जस्ता वैकल्पीक माध्यम वाट शिक्षा दिनुको विकल्प नरहेको वताउनु भयो । संघियताको मुल मर्म लाई स्थापित गर्ने अवसर अहिले आएको वताउदै शिक्षा विद कोइरालाले लामो समय सम्म पढाइ कार्य रोकिनु राम्रो नभएको हुदा तत्कालै वैकल्पिक माध्यम वाट पढाइ सुरु गर्न आग्रह गर्नु भयो ।
त्यसैगरी डा. नवराज लम्सालले शिक्षकहरुले आफ्नो दक्षताको प्रमाण पेश गर्ने वेला आएको वताउदै नया प्रविधि र उपयुक्त विधि मार्फत विधार्थिलाई शिक्षा प्रदाान गर्नु पर्ने वताउनु भयो । दुर्गम सुगम सवै ठाउका वालवालिकालाई उपयुक्त माध्यम रेडियो भएकाले रेडियो मार्फत वैकल्पिक शिक्षा सञ्चालन गर्न डा नवराज लम्सालले सुझाव दिनु भयो ।
सोहि अवसरमा गाउपालिका राष्ट्रिय महासघका महासचिव वंशलाल तामाङले स्थानिय सरकारले वैकल्पिक प्रयास गरे पनि त्यसको प्रभावकारीताका लागि साझा रुपमा अभियान थाल्नु पर्नेमा जोड दिनु भयो । सोहि अवसरमा गाउपालिका राष्ट्रिय महाघका केन्द्रिय सदस्य मानवाहदाुर डागि , लेखनाथ पोख्रेल , वालिङ नगररपालिकाका प्रमुख दिलिप प्रताप खाण, हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पाण्डे सहित विभिन्न पालिकाका प्रमुखहरुले आ आफ्नो पालिकामा भएको प्रयासको वारेमा चर्चा गर्नु भएको थियो । कोरोना संक्रमणको असरले देशभरको शैक्षिक गतिविधि अवरुद्ध भएको हुदा त्यसको समाधानका लागि विज्ञ सहितको छलफल गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले वताउनु भयो । कोरोनाले सृजना गरेको समस्या सवैको साझा समस्या भएकाले यसको असर कम गर्न पनि सयुक्त रुपमा अगाडि वढे सहज हुने भएकाले प्रयास थालिएको हुप्सेकोट गाउपालिका अध्यक्ष पाण्डेले वताउनु भयो । शिक्षाको क्षेत्रमा हुप्सेकोट गाँउपालिकाले यस अघि देखि नै रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको हुदा अझै लामो समय सम्म वन्दावन्दि जान सक्ने हुदा अन्य उपाय के गर्न सकिन्छ भन्ने वारे छलफल गरिएको उहाले वताउनु भयो ।