×

नवलपुर, भदौ ९
जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले निषेधाज्ञाको समय पाँचदिन थप गरेको छ । जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले पाँचदिनका लागी निषेधाज्ञाको समय गप गरेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए । यसअघि भदौ ९ सम्म निषेधाज्ञा गरिएको थियो । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको समय थप गरिएको घिमिरेले बताए ।

कोरोना संक्रमण नियन्त्रणका लागि (आजराति) भदौ ९ गते राति १२ बजेबाट भदौ १४ गते राति १२ बजे सम्म अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु बन्द गरिने भएको छ । संक्रामक रोग ऐन–२०२० को दफा २ बमोजिम जिल्लाभर लागू हुने गरी भदौ १४ गतेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गर्न आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
खुला स्थानमा भेला हुन, भीडभाड गर्न र सभा जुलुस गर्न, जात्रा महोत्सव, दैनिक नित्य पूजाबाहेकका धार्मिक गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, होटल– रेष्टुरेन्ट सञ्चालन गर्न र निजी तथा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना आधिकारी आनन्द शर्मा भुसालले बताए । उनका अनुसार संक्रमण बढी देखिएको कावासोती, गैँडाकोट र बिनयी त्रिवेणीमा  कन्ट्रयाक्ट ट्रेसिङको कामलाई प्रभावकारी बनाइ परीक्षणको दायरा बढाउने समेत निर्णय गरिएको छ ।

तपाईको प्रतिक्रिया