८ भदौ । चितवन मेडिकल कलेजमा विरामी आफन्तलाई कुर्न वसेका गैंडाकोटका दुई जनालाई कोभिड १९ को संक्रमण पुष्टी भएको छ । गैंडाकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलका अनुसार गैंडाकोट नगरपालिका वडानम्वर २ का ४२ वर्षीय पुरुष र ३९ वर्षीय महिलामा संक्रमण देखिएको हो ।उनिहरु श्रीमान श्रीमती रहेको पौडेलले बताए । विरामीलाई भने कोभिड १९ नेगेटिभ आएको उनकाे भनाई छ । हाँच्छु आएपछि जाँच गराउन स्वाव दिएपछि कोभिड १९ पुष्टी भएको थियो । उनीहरुलाई रजहर आइसोलेसन पठाइएको पौडेलले बताए । त्यस्तै साेही अस्पतालमा भएकाे परीक्षणमा कावासोति १४ कि २२ बर्षीय महिलामा पनि संक्रमण पुष्टी भएको छ । यस सँगै गैडाकोट नगरपालिकामा संक्रमितको सख्या ७२ पुगेको छ भने जिल्लामा ३९६ पुगेको छ ।