गैँडाकाेट । गैँडाकोट नगरपालिका वडा नम्बर २ मा स्थानीय स्तरमा नै कोरोना संक्रमित देखिएपछि आजदेखि वडालाई थप कडाई गरिएको छ । अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गर्दै वडा अध्यक्ष धुव्रराम पौडेल सहितको टोली आफै फिल्डमा खटिएको छ ।
नगरपालिकाको २ नम्बर वडामा बढि संक्रमण देखिएपछि नगरपालिकाले २ नम्बर वडा क्षेत्रमा गएराति १२ वजेदेखि लागु हुने गरी भाद्र १५ गते राती १२ बजेसम्मका लागि बन्दाबन्दीलाई थप प्रभावकारी बनाउने निर्णय गरेको थियो ।
स्थानीय प्रहरी,टोलविकास संस्था र वडाका जिम्मेबार पदाधिकारीहरुले वडा भित्रको लकडाउनलाई बलियो बनाउन अनुगमन गरिरहेको वडा अध्यक्ष धुव्रराम पौडेलले बताउनुभयो । वडा अध्यक्ष पौडेलले वडाको सिमाना सुरु हुने चोक तथा मुख्य आवागमन हुने चोकहरुमा रातो रिवन टाँगिएको जानकारी दिनुुभयो ।वडाले लकडाउनलाई कडाइगरेपछि वडा नम्बर २ सुनसान देखिएको छ । गैँडाकोट २ का ६ जना सक्रिय संक्रमित र एक जना बाहिरको गरि ७ जना रहेको र कूल संक्रमित २३ जना रहेकाछन ।