पश्चिमतर्फ बसाइँ सरे चितवन राष्ट्रिय निकुञ्जका गैँडा, घाँस र पानीको खोजी
चितवन । चितवन राष्ट्रिय निकुञ्जका गैँडा उचित बासस्थानको खोजी गर्दै पश्चिमतर्फ केन्द्रित भएका छन् ।निकुञ्जको पश्चिमी क्षेत्रमा ७० प्रतिशत बढी गैँडा केन्द्रित भएका हुन् ।पूर्वी क्षेत्रमा बासस्थानमा खलल आउन थालेपछि उचित घाँसे मैदान र पानीको स्रोतको खोजी गर्दै गैँडा पश्चिमी क्षेत्रमा केन्द्रित भएका हुन् ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार पूर्वी क्षेत्रमा रहेको राप्ती नदीको पानी धेरै ठाउँबाट सिँचाइका लागि लैजाँदा पानीको अभाव हुने गरेको छ । उनले भने, ‘राप्ती न...


