![](https://www.ujayalokhabar.com/wp-content/uploads/2021/02/154672764_725785074991607_1074356233389414041_n.jpg)
गैँडाकोट । स्थापनाको १८ औं वर्षको अवसरमा नारी कल्याण एकल महिला पैरवी मञ्च गैँडाकोटले देवघाटधाममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल वितरण गर्नुका साथै आज विहान भोजन गराएको छ ।
समाज कल्याण बृद्धाआश्रममा रहेका बृद्धबृद्धाहरुलाई विहानको भोजन गराइएको मञ्चका सचिव रुपा गिरीले जानकारी दिनुुभयो ।कार्यक्रममा मञ्चका कोषाध्यक्ष सुन्तली चौधरी, सदस्यहरु तारा तिवारी, अम्विका नेपाली, बसन्ता कडेल तिवारी, विष्णुमाया श्रेष्ठ लगाएतको उपस्थिति रहेको उहाँले बताउनु भयो ।
२०६१ साल फागुन १५ गते पूर्वि नवलपरासीको गैँडाकोटमा एकल महिलाहरुले रातो लगाउन पर्छ भन्ने अभियानको थालनी गरेका थिए । सोहि दिनको सम्झनामा हरेक वर्ष नारी कल्याण एकल पैरवी मञ्चले विभिन्न रचनात्मक कामहरु गर्दै आएको छ ।