Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

नवलपुर । जिल्ला प्रहरी कार्यालय पूर्वि नवलपरासीले जिल्लाका विभन्न स्थानबाट नियन्त्रणमा लिएका दुईवटा मोटरसाईकल आज सम्वन्धित व्यक्तिलाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले लु ३८ प २१२४ नं. को मटरसाईकल वुटवल उपमहानगर पालिका वडा नं. १५ का मन बहादुर थापा र प्र.०२०२१ प ८३१८ को मोटरसाईकल महोत्तरी पोखरभिंण्डा वडा नं. १ संग्रामपुर बस्ने ईन्द्र जित यादवलाई बुझाइएको जानकारी दिनुुभयो ।
जिल्ला प्रहरी कार्यालयले सवारी चेकजाँचको क्रममा तथा विभिन्न स्थानबाट बरामद गरेका सवारी साधनहरु सवारीधनीले काजजात सहित दावी गर्न आएमा प्रमाणको आधारमा हस्तान्तरण गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया