नवलपुरमा आज र भोलि ३१ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईने
गोविन्द घिमिरे
नवलपुर ।नवलपरासी (पूर्व) का ३० हजार ९ सय ८९ बालबालिकालाई बैशाख ६ र ७ गते भिटामिन ए र जुकाको औषधि खुवाईने भएको छ । ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व) का प्रमुख केशव प्रसाद चापागाईका अनुसार जिल्लामा ६ देखि ५९ महिनासम्मका बालबालिकाको जनसंख्या ३० हजार ९ सय ८९ रहेको छ ।
यी सबै बालबालिकालाई भिटामिन ए खुवाईदै छ । उहाँका अनुसार एक वर्षदेखि ५ वर्षसम्मक...


