गठबन्धनको विरोधमा काँग्रेस गैँडाकोट ८ का सभापति सहित ५५ जनाद्धारा राजिनामा
गैँडाकोट । गठबन्धनको विरोध गर्दै नवलपुरको गैँडाकोटमा ५५ जना काँग्रेस कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन् । नेपाली काँग्रस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोधगर्दै नगर सभापति समक्ष राजिनामा दिएको हो ।
वडा सभापति रामप्रसाद सापकोटा सहित वडा समितिमा आवद्ध रहेका सबैले नगरसभापति बद्रि सापकोटा समक्ष राजिनामा दिएका हुन् । राजिनामा पत्रमा ५५ जनाको हस्ताक्षर रहेको छ ।
नेपाली काँग्रेसको नगर पार्टि कार्यालयमा दवावमुलक तथा सामुुहिक राजिनामा कार्यक्रममा सहभागि वडा सभा...


