नवलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गैँडाकोट नगरपालिकामा उठ्ने मेयर र उपमेयरको टुगो नेकपा एमाले गण्डकी प्रदेश कमिटीले लगाउने भएको छ ।मेयर र उपमेयर पदका उमेदवारका आंकाक्षीहरुविच आज भएको छलफलबाट कुनै निकास नआएपछि  सबैको नाम जिल्ला कमिटीमा पठाउने निर्णय भएको नेकपा एमाले नवलपुरका उपसचिव एवंम् मेयर पदका आकांक्षी यमुनाथ आचार्यले जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरपदमा हालका नगर प्रमुख छत्रराज पौडेल,नेकपा एमालेका जिल्ला उपसचिव यमुुनाथ आचार्य, जिल्ला सदस्य रामुकान्त अर्याल, गोपाल गौतम, नगर अध्यक्ष षडानन्द लामिछाने, र नगर उपसचिव श्रीराम सुवेदीले दावी गरेका छन् ।उपमेयर पदमा भने महिला नेतृ गिता तिवारी र चेतना अर्यालले चाहना राखेका छन् । मेयर र उपमेयरमा दावी गरेका सबैको नाम नेकपा एमाले जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गर्नेछ ।

तपाईको प्रतिक्रिया