
गैँडाकोट।गैँडाकोट नगरपालिका वडा नं. ९ का वडा सदस्य धामनाथ सापकोटाले पदबाट राजिनामा दिनुुभएको छ।बैशाख ३० गतेको लागि तय भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको उमेदवारका आकांक्षी सापकोटाले वडा सदस्य पदबाट राजिनामा दिनुभएको हो ।
गैँडाकोट नगरपालिका कार्यालयमा पुगी युवा समाजसेवी समेत रहनुभएका वडा सदस्य सापकोटाले दिउसो पदबाट राजिनामा दिएको बताउनुभयो ।
निर्वाचन आयोगले बाहालवाला जनप्रतिनिधीको हकमा राजिनामा दिएर मात्र स्थानीय तहको निर्वाचनमा उठ्ने पाउने प्रावधान कायम गरेकोले सोहि निर्णय बमोजिम मैले सदस्य पदबाट राजिनामा दिएको हुँ सापकोटाले भन्नुभयो ।नेपाली काँग्रेसको तर्फबाट गैँडाकोट नगरपालिका वडा नं. ९ को वडा सदस्य पदमा विजयी हुनुभएका सापकोटा पार्टीले अवसर दिएको खण्डमा वडा अध्यक्ष पदमा उमेदवारी दिने तयारी गर्नुभएको छ ।
एकदर्जनभन्दा बढि संघसंस्थामा आवद्ध भएर काम गरेका सापकोटा हरेक उमेरसमुहसँग नजिक हुनुहुन्छ । वडा सदस्यमा निर्वाचित भएर आएदेखिनै तलव भत्ता बापत बुझेको ६ लाख २९ हजार रुपैया समाजसेवामै खर्च गरे पछि उहाँ थप लोकप्रिय बन्नुभएको छ । ३७ वर्षीय युवा समाजसेवी सापकोटाले आगामी वर्ष गरिव तथा जेहेन्दार विद्यार्थीहरु पहिचान गरि आफैले पठनपाठनको व्यवस्था मिलाउने तयारी समेत रहेको बताउनुभयो ।