चितवन –नारायणी नुहाउने क्रममा तनहुँको देबघाट संगमबाट भरतपुरका एक युवक नदिमा बेपत्ता भएका छन।तनहुँ प्रहरीका अनुसार बिहिवार दिउँसो करिब १२ बजेको समयमा भरतपुर २१ को बर्ष २० का साकार न्यौपाने नारायणीमा बेपत्ता भएका हुन।नदिमा हराएको खबर पाएपछि दिनभर स्थानीय र प्रहरीले खोजी कार्य गरे पनि फेला पार्न नसकेको प्रहरी जनाएको छ।देबघाट नुहाउने क्रममा साकार नदिमा बेपत्ता भएको उनका आफन्तले तजाएका छन।

नातामा न्यौपानेका मामा पर्ने हरि सुबेदीले बताए अनुसार बिहीवार बिहान साकार हजुरआमालाइ लिएर बिक्रमबाबा दर्शन गर्न गएको र त्यस पछि घर नगइ देबघाट पुगेका थिए।देबघाट वारीबाट साकार र उनीसंग गएका आफन्त डुङ्गा चडेर तनहुँ तिर बेनिमा पुगेका थिए। सोही क्रममा नुहाउन लाग्दा उनी नदिमा बगेका हुन।

तपाईको प्रतिक्रिया