— डिल्लिराम तिमिल्सिना (सूर्य )
गैँडाकोट वडा नं४ का एमाले सदस्य उम्मेदवार

यतिबेला तपाइँहरू पानी प्रकृति र सँस्कृतिको सुन्दर राजधानी गैँडाकोटको वडा नंम्बर ४ मा हुनुहुन्छ तपैँहरूसँगै छु म डिल्लिराम तिमिल्सिना पनि ! यो बैशाख महिना स्थानीय निर्वाचको हो !! आफ्नो प्रिय प्रतिनिधि आँफैले छान्ने यो महत्वपूर्ण अवसर तपैँ हाम्रो हातमा छ !! स्थानीय चुनाबमा रँग मिल्नु पर्दैन पार्टी या गुट मिल्नु पर्दैन !! बिरालो सेतो होस् या रातो त्यसले मुसा मार्नु पर्छ !! गाउँ या वडाको समस्यामा ऊ अहोरात्र चिन्तित होस् !! नयाँ चिन्तन गरोस् नयाँ सम्भावनाको खोजी गरोस् !! ऊ नियममा चलोस् इमानमा बाँचोस् सबैभन्दा बढी सहयोगी होस् !! लोकतन्त्रमा पार्टी सिस्टम हुनाले म नेकपा एमालेको टिकटबाट सदस्यमा उठ्दै छु !! म डिल्लिराम तिमिल्सिनालाई यसपाली तपाइँको अमूल्य मत दिनुहोला अनि वडाको समस्या अगाडि थुपारेर मलाई दुस्ख दिनुहोस् म हाँस्दै तपाइँको घर आँगनमा समाधानको सन्देश बोकेर आइपुग्नेछु !! कैले दुखमा सम्झनुहोस् कैले सुखमा सम्झनुहोस् म अलिकति खुसी उपहार बोकेर हजुरहरूको घर आँगनमा आइपुग्नेछु !! समय बदलिएको छ अब मौसम बदलिएको छ हल्लाको पछि कोही नकुदौँ !! आँपको स्वाद पढेर थाहा हुँदैन खाए पछि थाहा हुन्छ !! म गाउँकै माटो पानीमा हुर्केको बढेको फल हुँ एक पटक मेरो अर्गानिक स्वादलाई चाखेर महशुष गर्नुहोस् !! मेरो एकमात्र सपना छ हाम्रो वडामा कसैमाथि अन्याय नहोस् यहाँ विकास अनि समृद्धि होस् !! समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो राष्ट्रिय संकल्प हाम्रो वडामा पनि पुरागर्न सकियोस् !! ५ वर्षको समय यसकालागि काफी ठानेको छु मैले !! यउटा संकल्प छ यो समयभित्र खुसीका इन्द्राणी रंगहरूले हाम्रो वडाको चित्र पुरै बदल्न सकियोस् !!अन्तमा नयाँ वर्ष-२०७९ को अवसरमा यहाँहरूको सुभेच्छा यहाँहरूकै उत्तरोउत्तर प्रगती,सुख र समृद्धिको कामना सहित बिदा माग्छु जय जय गैँडाकोट !!

तपाईको प्रतिक्रिया