नवलपुर । नयाँ वर्ष २०७९ को पहिलो दिन वैशाख १ गते पुर्व पश्चिम राजमार्गको दाउन्ने सडकखण्डको विश्वकर्मा बाबाको मन्दिर नजिकै दुई वटा सवारी साधन एक आपसमा ठक्कर खाँदा २६ जना घाइते भएका छ्न ।

पश्चिम बाट पूर्व तर्फ आउदै गरेको लु १ ख ८७५९ नं को यात्रुवाहक बस र विपरित दिशा बाट जादै गरेको लु २ ख ८४० नंको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदा बसचालक सहित बसमा सवार यात्रुहरु मध्ये ३ जना गम्भिर,९ जना मध्यम,१४ जना सामान्य गरी जम्मा २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिएका छ्न ।

घाइते मध्ये १०जना घाईतेहरुको पुरानो मेडिकल कलेज भरतपुर र अन्य १६ जना घाईतेहरुको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको र दुवै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा रहेको पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया