गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा अवैधरुपमा नदीनज्य पदार्थ उत्खनन गरेको भन्दै चारवटा ट्याक्कर र एउटा जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैँडाकोट नगरपालिका वडा नं. १५ बाट नदीजन्य पदार्थ उत्खनन गरेको भन्दै प्रहरीले ती सवारीसाधनहरु नियन्त्रणमा लिएको हो ।अनुमति विना नदीमा पसेर ग्राभेल निकाल्न पल्केका सवारीसाधनमाथी प्रहरीले पक्राउ गरि डण्डा लगाउन सुरु गरेको छ ।

ना १ क ६१२१ नम्बरको जेसीवी, लु ३ च ७५३९, ना ५ त ७४१७, लु ४ त ५२४५र लु४ त ८८५५ नम्बरको ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेका सवारीसाधनलाई अस्थायी प्रहरीपोष्ट बेल्डिहामा राखिएको छ । उनिहरुलाई आवश्यक कारबाही गरेर आगामी दिनमा नदीजन्य पदार्थ नर्चोर्ने प्रतिवद्धता सहित छाड्ने तयारी छ ।

तपाईको प्रतिक्रिया