×

नवलपुर विशेष

गैँडाकोट ईङलिस स्कुलमा आज मुख तथा दाँतको निशुल्क शिविर हुँदै

गैँडाकोट ईङलिस स्कुलमा आज मुख तथा दाँतको निशुल्क शिविर हुँदै
गैँडाकोट।नवलपुरको गैँडाकोटमा रहेको गैँडाकोट ईङलिस स्कुलको आयोजनामा मुख तथा दाँतको निशुल्क शिविर आज हुँदैछ । गैँडाकोट नगरपालिका वडा नं.२ शिलान्यासचोक स्थित स्कुलको नयाँ भवनमा निशुल्क मुख तथा दाँतको शिविरको आयोजना गरिएको गैँडाकोट ईङलिस स्कुलले जनाएको छ । स्कुलका प्राचार्य हिरालाल अर्यालले रोटरी क्लव अफ गैँडाकोटको सहकार्य तथा भरतपुर सामुदायिक अस्पतालको प्रावधिक सहयोगमा विहान ११ बजेदेखि दिउसो २ बजेसम्म शिविरको आयोजना गरिएको बताउनुभयो । गैँडाकोट ईङलिस स्कुुलको चाहना स्वस्थ स...

इन्धन अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पमा सवारीको लामो लाईन

इन्धन अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पमा सवारीको लामो लाईन
चितवन । इन्धनको अभाव हुने चिन्ताले चितवनका पेट्रोल पम्पहरुमा शुक्रबार साँझ अबेरसम्म लामो लाईन लागेको छ । ढुवानी व्यवसायीले आफ्ना माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि अभाव हुने चिन्ताले पेट्रोल पम्पहरुमा लामो लाईन लागेको हो । नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले देशभर आजबाट पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् । यससँगै बजारमा पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको अभाव हुन सक्ने देखिएको हो । आयल निगमले इन्धन खरिद गर्ने भ...

प्रधानमन्त्री देउवा भारत प्रस्थान

प्रधानमन्त्री देउवा भारत प्रस्थान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् । त्यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए । प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे ...

गैँडाकोट वडा नं.५ द्धारा सिलाई मेसिन हस्तान्तरण

गैँडाकोट वडा नं.५ द्धारा सिलाई मेसिन हस्तान्तरण
गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ५ले  आयआर्जनमा टेवा पुगोस भन्ने उदेश्यले वडाका तीनजना महिलाहरुलाई सिलाई मेसिन हस्तान्तरण गरेको छ ।वडाबाट विनियोजित बजेटबाट   तीनजना महिलाहरुलाई सिलाई मेसिन सहयोग सहयोग गरिएको हो । स्थानीय शोभा नेपाली, पार्वती सुनार र संगिता सुनारलाई वडा अध्यक्ष नवराज कंडेलले सिलाई सेसिन हस्तान्तरण गर्नुभएको हो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष कंडेलले वडाले उपलव्ध गराएको सिलाई मेसिन मार्फत आयआजर्न बढाउन आग्रह गर्नुभयो ।उहाँले सिप भएर पनि मेसिनको अभावमा ब...

भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एकजनाको मृत्यु

भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एकजनाको मृत्यु
गैँडाकोट । भारतीय ट्रकको ठक्करबाट गैँडाकोटमा एकजनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. ८ ग्लोब्ल बैंक नजिकै युपी ९३ बी टी ४७४५ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा एक साईकल यात्रीको मृत्यु भएको हो । अन्दाजी ५२ बर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । ट्रकको ठक्करबाट गम्भिर घाईते भएका पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।साईकल यात्रीलाई ठक्करदिने सवारी र चालकलाई ईलाका प्रहरी कार्यालय गैँडाकोटले नियन्त्रणमा लिएको छ ।

गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते

गैँडाकोटमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते
गैँडाकाेट । पूर्वी नवलपरासीको पूर्व–पश्चिम राजमार्गमा पर्ने गैंडाकोट नगरपालिका वडा नम्बर–१५, अमरापुरीमा बस र ट्रक ठोक्किँदा १५ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना५ख ५९२२ नम्बरको ट्रकमा सोही दिशा (गुल्मीबाट काठमाडौँ) आउँदै गरेको लु २ ख ४२३४ नम्बरको बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा हुँदा बसमा सावर ४० जनामध्य १५ जना घाइते भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको प...

प्याव्सनका केन्द्रीय सदस्य पौडेललाई गैँडाकाेटमा स्वागत तथा सम्मान

प्याव्सनका केन्द्रीय सदस्य पौडेललाई गैँडाकाेटमा स्वागत तथा सम्मान
नवलपुर । निजी तथा आवाशिय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) का केन्द्रीय सदस्यमा राजेन्द्र पौडेललाई नवलपुरमा स्वागत तथा सम्मान गरिएको छ ।जिल्लाको गैँडाकोट नगरपालिका वडा नं. ११ हर्कपुरमा रहेको मुकुन्दसेन ईङलिस बोडिङ स्कुल ब्यवस्थापन समितिले केन्द्रीय सदस्य पौडेललाई खादा अविर तथा मायाको चिनो मार्फत स्वागत तथा सम्मान गरेको हो । गैँडाकोट नगरपालिका वडा नं. ११ का अध्यक्ष गोविन्द सुवेदीको प्रमुख आतिथ्यता तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तोयानाथ पौडेलको सभापतित्वमा भएको ...

गैँडाकोटका माओवादी (केन्द्र)का चालिसे एमालेमा प्रवेश

गैँडाकोटका माओवादी (केन्द्र)का चालिसे एमालेमा प्रवेश
गैँडाकोट ।नेकपा माओवादी(केन्द्र)का नवलपुरका नेता वेद प्रसाद चालिसे नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा माओबादी (केन्द्र) नवलपुरका सचिवालय सदस्य चालिसे आज विहान गैँडाकोटमा आयोजित कार्यक्रम मार्फत एमालेमा प्रवेश गर्नुभएको हो।नेकपा एमाले गैँडाकोट नगरकमिटीको पार्टि कार्यालयमा नेकपा एमालेका जिल्ला स्तरीय नेताहरुले उहाँलाई पार्टि प्रवेश गराउँदै एमालेमा स्वागत गरेका थिए । नेकपा माओवादीका पूर्व जिल्ला कमिटी सदस्य समेत रहेका चालिसे वाईसीएलका गैँडाकोटका सँस्थापक ईन्चार्ज समेत ह...

मेयर पौडेलद्वारा नमुना खानेपानीको टोलफ्री नम्बरकाे सुभारम्भ

मेयर पौडेलद्वारा नमुना खानेपानीको टोलफ्री नम्बरकाे सुभारम्भ
गैंडाकोट । उपभोक्ताहरुको गुनासो र सुझाव सुन्नकालागि नमुना शिवनगार खानेपानीतथा सरसफाई संस्थाले संचालनमा  ल्ल्याएकाे टोल फ्रि नम्बरको सुभारम्भ भएको छ । नगरप्रमुख छत्रराज पौडेलले संस्थाको कार्यालय परिसरमा आयोजित एक समारोहका बीच टोल फ्री नम्बरको शुभारम्भ गर्नुभएको हो । नगर प्रमुख पौडेलले संस्थाको टोल फ्री नम्बरमा फोन गरेरमंगलवार शुभारम्भ गर्नुभएको हो । टोल फ्री नम्बरमा फोन गर्दा उपभोक्ताहरुले शुल्क तिर्नु पर्दैन ।अव संस्थाका उपभोकाहरुले आफ्ना गुनासाहरु संस्थाको टोल फ्री नम्बर ...