गैँडाकोटमा भोलिदेखि मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने
गैँडाकोट ।नवलपुरमा भोलि (शुक्रबार) देखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले भोलिदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक मदन ...


