गैँडाकोट ।नवलपुरमा भोलि (शुक्रबार) देखि सर्वाधिक राशीको मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमी गैँडाकोटले भोलिदेखि गैँडाकोट नगरपालिका वडा नं. ६ मा रहको भाग्योदय खेलमैदानमा प्रतियोगिताको आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रोले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष नरेश थापाले जानकारी दिनुभयो ।
त्यस्तै बेष्ट गोलकिपर,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।

खेलकुद संयोजक विनोद कंडेलले प्रतियोगितामा नवलपुर, नवलपरासी, चितवन, तनहुँ, मकबानपुर र काठमान्डौका गरि ३२ वटा समुहले प्रतिष्पर्धा गर्ने जानकारी दिनुभयो । प्रतियोगितामा एम्स एबरोड एजुकेशन, सेन्ट्रल कलेज, नमुुना कलेज सहित विभिन्न संघसस्था र ब्यक्तिहरुले सहयोग गरेका छन् । बिजेतालाई प्रदान गरिने १ लाख ११ हजार १ सय ११ रुपैँया राशीको सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता गैँडाकोटको सबैभन्दा ठुलो राशीको पुरस्कार भएको आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा वडा नं.६ का अध्यक्ष सुवास चापागाई, नमुना कलेजका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने मदन भण्डारी स्पोर्टस एकेडेमीका सल्लाहकारहरु गिरीराज उपाध्याय, नवराज कंडेल,  एम्स एबरोड एजुकेशनका प्रवन्ध निर्देशक कृष्ण कंडेल, सेन्टल कलेजका प्रिन्सीपल यज्ञविलास पौडेल, मदनभण्डारी स्पोर्टस एकेडेमीका सदस्य अर्जुन पराजुली लगायतको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया