नवलपुर । गण्डकी प्रदेशका जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई पछाडि पार्दै जिल्ला स्वास्थ्य कार्यालय लमजुङ प्रथम र स्वास्थ्य कार्यालय म्याग्दी द्धितीय भएका छन् । गतवर्ष प्रथम भएको नवलपुरले तेस्रो स्थानमा चित्त बुझाएको छ ।

स्वास्थ्य कार्यालय लमजुङ कार्य सम्पादनका हिसावले प्रदेशको उत्कृष्ट प्रथम कार्यालयको रुपमा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आव २०७८.७९ को बार्षिक समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यालय लमजुङले ८३.८ प्रतिशत अंक प्राप्त गरेको छ ।

त्यसैगरी स्वास्थ्य कार्यालय म्याग्दीले ८१.३ र स्वास्थ्य कार्यालय नवलपरासी (पूर्व)ले ७९.२ प्रतिशत अंक प्राप्त गरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाइले जानकारी दिनुभयो ।

खोप सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व, तथा विभिन्न स्वास्थ्य सम्वन्धी कार्यक्रमहरुमा स्वास्थ्य कार्यालय स्वास्थ्य कार्यालय लमजुङले प्रगती गरेको पाइएको छ । त्यसैगरी प्रदेश कार्यालयबाट भएका पत्राचारहरुको जवाफ सोको कार्यान्वयन तथा कर्मचारीहरुको अनुसासन समेतको मूल्यांकनका आधारमा स्वास्थ्य कार्यालय लमजुङ उत्कृष्ट देखिएको हो ।

तपाईको प्रतिक्रिया