
गैँडाकोट । गैँडाकोट नगरपालिकाले निजामती सेवा दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् ।बुधवार नगरपालिका परिसरमा आयोजित २४ पुरुष र १२ जना महिलाले रक्तदान गरेको प्रमुख प्रशाासकीय अधिकृत मुक्तिराम रिजालले बताए ।
रक्तदान गर्दा शरीरमा नयाँ रगत निर्माण हुने र शरीर स्वस्थ हुने गर्दछ । रक्तदान नै जीवन दान भएकाले रक्तदान जस्ताे पुण्य कार्यबाट रगतको अभाव पूरा गर्नका लागी सबैले रक्तदान गर्नुपर्ने नगर प्रमुख मदनभक्त अधिकारीले बताए । कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।