नारायणगढ – बुटवल सडक निर्माणमा ढिलाइ भएपछि गैँडाकोटमा विरोध प्रर्दशन
गैँडाकोट । नारायणगढ- बुटवल सडक खण्ड निर्माणको नाममा ठेकेदार पक्षले ढिलाई गरेको भन्दै नवलपुरमा स्थानीयहरु सडकमा आएका छन् । चाडोभन्दा चाडो सडक निर्माणको कामलाई अघि बढाउन भन्दै स्थानीयले आज राजमार्गमा विरोध प्रर्दशन समेत गरेका छन् ।
जिल्लाको गैँडाकोट नगरपालिकाको भेडाबारीमा उनिहरुले सडक निर्माणको कामलाई तिव्रताका साथ अघि बढाउन आग्रह गर्दै प्ले कार्ड सहित नारावाजी समेत गरे । सडकको अवस्था भद्रगोल भएको, धुलो र खाडलले गर्दा यात्रामा समस्या आएको भन्दै तत्काल सडक मर्मत गर्न उनिहरुले...


