×

नवलपुर विशेष

विश्व मृगौला दिवसको अवसरमा मौलाकालिका अस्पतालमा विशेष छुट

विश्व मृगौला दिवसको अवसरमा मौलाकालिका अस्पतालमा विशेष छुट
चितवन । विश्व मृगौला दिवसको अवसरमा भरतपुर–११ बाइपास रोडस्थित मौलाकालिका अस्पताल प्रा. लि.ले मृगौला सम्बन्धी स्वास्थ्य परीक्षणमा विशेष छुटको घोषणा गरेको छ। अस्पतालले  फागुन २८ गतेका दिन मृगौला जाँच सेवामा ५० प्रतिशत छुट प्रदान गर्ने जनाएको छ। अस्पतालका अनुसार सो दिन मृगौला सम्बन्धी विभिन्न परीक्षणहरू विशेष प्याकेजमा उपलब्ध गराइनेछ। उक्त प्याकेज अन्तर्गत मृगौला सम्बन्धी ओपीडी सेवा, भिडियो एक्स–रे (यूएसजी), सिबिसी, आरएफटी परीक्षण (युरिया, क्रियाटिनिन, युरिक एसिड, सोडियम/पोटासिय...

गैँडाकोटमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

गैँडाकोटमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
गैँडाकोट- नवलपरासी (पूर्व) को गैँडाकोट नगरपालिका–४ कालिगण्डकी चोकस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।मृतक गैँडाकोट नगरपालिका–४ इटाभट्टी बस्ने २८ वर्षीय नविन घताने रहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ करिब ४:५० बजे भृकुटीचोकबाट काँग्रेस चोकतर्फ जाँदै गरेको ना ५ ख ९००६ नम्बरको ट्रकले विपरीत दिशाबाट गलत लेन प्रयोग गरी आउँदै गरेको ना २८ प ४२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका ...

नवलपुर–२ काँग्रेस उम्मेदवार घर्तीको मतदानसम्म संयमको अपिल

नवलपुर–२ काँग्रेस उम्मेदवार घर्तीको मतदानसम्म संयमको अपिल
नवलपुर- नवलपुर जिल्ला क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेस का उम्मेदवार ओम बहादुर घर्ती मगरले  मतदाताप्रति आभार व्यक्त गर्दै संयमित र जिम्मेवार भूमिकाको अपिल गरेका छन्। उनले मनोनयन दर्ताको दिनदेखि अहोरात्र खटिएर पार्टीको पक्षमा मत माग्ने सम्पूर्ण नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। घरदैलो, आमसभा, र्‍याली लगायतका कार्यक्रममार्फत मतदातासमक्ष पुग्ने प्रयास गरिएको उल्लेख गर्दै कतिपय स्थानमा प्रत्यक्ष घरदैलोमा पुग्न सकेको ...

चुनावको मुखैमा गोपाल सापकोटा रास्वपामा प्रवेश

चुनावको मुखैमा गोपाल  सापकोटा रास्वपामा प्रवेश
नवलपुर- नेपाली कांग्रेसका नवलपुर–१ ‘क’  सभापति गोपाल सापकोटा ले आज साँझ अचानक पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। सापकोटाले आफ्नो फेसबुक पोस्टमार्फत यो निर्णय सार्वजनिक गर्दै भनेका छन् कि देशले खोजेको पारदर्शी, जवाफदेही र परिणाममुखी परिवर्तनका लागि नयाँ बाटो रोज्न बाध्य भएको अनुभवले उनी रास्वपामा प्रवेश गर्न प्रेरित भएको हो। उनले स्पष्ट पारेका छन् कि यो कदम रिस, द्वेष वा असन्तुष्टिबाट होइन, तर देश र नागरिकको आवश्यकता र नयाँ परिवर...

नवलपुर–१को चुनावी टकराव : दुवै उम्मेदवारको शक्ति र छवि परीक्षणमा

नवलपुर–१को चुनावी टकराव : दुवै उम्मेदवारको शक्ति र छवि परीक्षणमा
नवलपुर। आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर–१ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ। यस क्षेत्रको राजनीतिक बहस यतिबेला दुई फरक पृष्ठभूमि, दुई शैली र दुई दृष्टिकोणका उम्मेदवारबीच केन्द्रित छ। एकातर्फ विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका बालकृष्ण घिमिरे छन् भने अर्कोतर्फ माओवादी पृष्ठभूमिबाट राजनीति सुरु गरी हाल रास्वपामा सक्रिय राजन गौतम छन्। यस प्रतिस्पर्धालाई धेरैले निरन्तरता र परिवर्तनबीचको राजनीतिक छनोटका रूपमा हेरे...

नवलपुर–मध्यबिन्दुमा कांग्रेस उम्मेदवार घर्तिको समर्थनमा साइकल र्याली

नवलपुर–मध्यबिन्दुमा कांग्रेस उम्मेदवार घर्तिको समर्थनमा साइकल र्याली
 नवलपुर - मध्यबिन्दु नगरपालिका वडा नं. ३ मा ओमबहादुर घर्ती मगरको समर्थनमा व्यापक साइकल र्याली निकालिएको छ। नेपाली कांग्रेस मध्यबिन्दु–३ को आयोजनामा भएको र्यालीमा स्थानीय नेता, युवा, विद्यार्थी र कांग्रेसका कार्यकर्ताहरूले सक्रिय सहभागिता जनाएका थिए। साइकल र्यालीको उद्देश्य उम्मेदवार घर्तिप्रति जनसमर्थन देखाउनुका साथै निर्वाचनअगाडि स्थानीय जनता माझ कांग्रेसको अभियानलाई थप सशक्त बनाउनु रहेको आयोजकहरूले बताए। र्यालीमा सहभागीहरू सँगै साइकलमा यात्रा गर्दै घर्तीको पक्षमा मतदानका ल...

मगर दिवसमा गैंडाकोटमा शुक्रबार सार्वजनिक बिदा

मगर दिवसमा गैंडाकोटमा शुक्रबार सार्वजनिक बिदा
नवलपुर- ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा गैंडाकोट नगरपालिकाले स्थानीय बिदा घोषणा गरेको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै फागुन १५ गते शुक्रबार नगरपालिकाअन्तर्गतका सबै सरकारी कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा सार्वजनिक संघ–संस्थामा स्थानीय बिदा दिइएको जनाएको हो।जारी सूचनामा उक्त दिन राष्ट्रिय मगर एकता दिवसको पावन अवसरमा बिदा दिइएको उल्लेख गरिएको छ। यसैबीच नगर प्रमुख मदनभक्त अधिकारीले दिवसको अवसरमा सम्पूर्ण नगरवासी तथा मगर समुदायमा शुभकामना व्...

नवलपुर–२ मा आलोक चक्रपथ प्राथमिकतामा, ओमबहादुर घर्तीको स्पष्ट अडान

नवलपुर–२ मा आलोक चक्रपथ प्राथमिकतामा, ओमबहादुर घर्तीको स्पष्ट अडान
आगामी प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसबाट नवलपुर क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार ओमबहादुर घर्तीले नवलपुरको बहुप्रतीक्षित स्थानीय पूर्वाधार आयोजना “आलोक चक्रपथ” को निर्माण कार्य अब कुनै बहानामा ढिलाइ नहुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। चुनावी प्रचार–प्रसारका क्रममा नवलपुर–२ का विभिन्न वडामा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै घर्तीले आलोक चक्रपथले कावासोती नगरपालिका, हुप्सेकोट गाउँपालिका र मध्यविन्दु नगरपालिकालाई जोड्ने मात्र नभई समग्र नवलपुरको सामाजिक–आर्थिक...

गैडाकोटकी दिया तामाङ CTEVT बोर्ड परीक्षामा नेपाल प्रथम

गैडाकोटकी दिया तामाङ CTEVT बोर्ड परीक्षामा नेपाल प्रथम
गैडाकोट-  स्वास्थ्य संकाय अन्तर्गत कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिट्युटबाट प्रविणता प्रमाणपत्र तह नर्सिङ अध्ययनरत छात्रा दिया तामाङले हालै सम्पन्न CTEVT बोर्ड परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै ९२.९४% अंक प्राप्त गरी नेपालका सबै परीक्षा सहभागी शिक्षालयहरूमध्ये सर्वोत्कृष्ट (नेपाल प्रथम) स्थान हासिल गरेकी छिन्। छात्रा तामाङको यो उपलब्धि केवल व्यक्तिगत सफलता मात्र नभई संस्थाको लागि पनि ऐतिहासिक गौरवको क्षण सावित भएको छ। उनले निरन्तर अध्ययनमा समर्पण र लगनशीलता देखाउँदै परीक्...