हरियो मकै निर्यात गर्दै गैँडाकोट
नवलपुर। सहरमा हरियो मकै पोलेर खाने चलन निक्कै चलन चल्तीमा देख्न सकिन्छ । विशेष गरी दिउँसो र साँझको समयमा सहरका चोक, गल्ली र राजमार्गका किनारमा हरियो मकैं पोल्ने र खानेहरुको भिड देख्न सकिन्छ ।
काठमाडौँ, पोखरा, नारायणघाट, बुटवललगायतका मुख्य सहरमा पोलेर खाइने हरियो मकै प्रायः नवलपुरकाे को गैँडाकोटमा उत्पादन हुँदै आएको छ । गैँडाकोटमा बाह्रैमहिना मकैको राम्रो उत्पादन हुने भएकाले यहाँका किसान व्यावसायिक मकै खेती गरेर जिल्ला बाहिर निर्यात गर्दै आइरहेको गैँडाकोट-६ का किसान तिलकप्र...


