नवलपुरमा सवारी दुर्घटना बढेपछि पाँच स्थानमा प्रहरी बिट थपिँदै
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ ।जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर्णय गरिएको हो ।
एक महिनाको अन्तरालमा पहाडी सडक खण्डमा दुई ठूला सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएपछि आकस्मिकरुपमा बसेको बैठकले सो खण्डको सुरक्षाको विषयमा व...


