×

नवलपुर विशेष

गैंडाकोटमा नेपाली विषयमा पठन सीप विकास सम्बन्धि तालिम सम्पन्न

गैंडाकोटमा नेपाली विषयमा पठन सीप विकास सम्बन्धि तालिम सम्पन्न
नवलपुर । गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना एवं नेपाली विषय नगर स्तरीय समितिको संयोजनमा आधारभूत तह ९कक्षा १ देखि ५० मा नेपाली विषय अध्यापनरत शिक्षकहरुको लागि दुई दिने क्षमता विकास तालिम मंगलबार लक्ष्मी माध्यमिक विद्यालय अमरापुरीमा सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत हेमचन्द्र पौडेलले दुई दिनसम्म सिकेका अभ्यास तथा शिक्षण विधिलाई आफ्नो विद्यालयको कक्षा कोठा मा प्रयोग भएमा मात्र तालिम सफल हुने कुरा बताउनुभयो । ल...

१२ बुँदे घोषणापत्र जारी गर्दै नारायणी नदी सम्मेलन सम्पन्न

१२ बुँदे घोषणापत्र जारी गर्दै  नारायणी नदी सम्मेलन सम्पन्न
गैँडाकोट । १२ बुँदे घोषणापत्र जारी गर्दै दुई दिने नारायणी नदी सम्मेलन सकिएको छ । ‘स्वच्छ नदी, स्वस्थ जीवन’ का लागि घोषणापत्रमा नदीको स्वच्छता, संरक्षण र दीगोपनाका विषय समेटिएका छन् । जलाधार क्षेत्रको संरक्षणका लागि जैविक एवं पारिस्थितकीय प्रणालीमा आधारित क्रियाकलापमा जोड दिदैँ नदीमा आश्रीत जीव, समुदायको उत्थान एवं विकासमा जोड दिइएको छ । सांस्कृतिक क्रियाकलाप गर्दा स्वच्छतामा ध्यान दिने, संरक्षणमुखि कार्यक्रम सञ्चालन गर्ने, औद्योगिक क्षेत्रको प्रदुषण नियन्त्रणसम्मका विषय उल्ले...

दोस्रो गैंडाकोट मेयर कप टी–२० क्रिकेटको उपाधी चितवनलाई

दोस्रो गैंडाकोट मेयर कप टी–२० क्रिकेटको उपाधी चितवनलाई
चितवन । ओपनर साकार ढकालको अर्धशतकीय पारीको मद्धतमा चितवनले तनहुँलाई हराउदै दोस्रो गैंडाकोट मेयरकप टी–२० क्रिकेटको उपाधि उचालेको छ । तनहुँलाई ५२ रनको फराकिलो अन्तरमा हराउदै चितवनले उपाधि उचालेको हो । नव जागरण ग्रामिण विकास केन्द्रको मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ५८ रन बनायो । २९ रन जोड्दा ३ विकेट गुमाएको चितवनले त्यसपछि खेलमा लय समातेको थियो । चितवनको ओपनिङ कमाण्ड सम्हालेका साकार ढकालले अर्धशतकीय पारी खेल्दै मध...

चितवन र तनहुँ दोस्राे गैंडाकोट मेयर कपको फाइनलमा प्रवेश

चितवन र तनहुँ दोस्राे गैंडाकोट मेयर कपको फाइनलमा प्रवेश
नवलपुर । गैंडाकोटमा जारी दाश्रो मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन र तनहुँ प्रवेश गरेका छन् । आज (आइतबार) भएको सेमिफाइनल खेलमा चितवनले कास्कीलाई र तनहुँले नवलपुरलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । चितवनले कास्कीविरुद्ध ५ विकेटको जित निकाल्दा तनुहँसँग नवलपुर ३ विकेटले पराजित हुन पुग्यो । आजको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नवलपुरले निर्धारित २० ओभरमा अलआउट हुदै १ सय ५३ रन बनायो । नवलपुरका लागि ओपनर सन्तोष कार्कीले ४६ बल खेल्दै ...

जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छः नेता कोइराला

जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छः नेता कोइराला
नवलपुर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा शशाङ्क कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत सङ्ग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा शनिबार सम्बोधन गर्दै नेता डा कोइरालाले आफूले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने अठोट लिएको बताए । उनले भने, ‘जनमत सङ्ग्रह गरेर भए पनि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नुपर्छ ।’ नेता कोइरालाल...

उच्च पहाडी र हिमाली भू-भागका हल्का हिमपात, तराईमा हावाहुरीको सम्भावना

उच्च पहाडी र हिमाली भू-भागका हल्का हिमपात, तराईमा हावाहुरीको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । अहिले प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश–१, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको विभ...

लैङ्गिक हिंसाको मनोसामाजिक प्रभाव – ओझेलमा रहेको पक्ष

लैङ्गिक हिंसाको मनोसामाजिक प्रभाव – ओझेलमा रहेको पक्ष
–राजेश पौडेल /जितेन राई कात्तिक महिनाको अन्तिम सातातिर ३५ बर्षे बिबाहित महिला मनोसामाजिक परामर्शका लागि सम्पर्कमा आइन् । दुई छोरीको आमा घरमा श्रीमान लगायत अन्य परिवारको सदस्यबाट छोरा नजन्माएकै कारण पटक–पटक शारीरिक र मानसिक यातना भोगिराखेको बताउथिन् । केहि समय समस्या सँग सामना गर्दै आइराखेको भएता पनि बिगत केही हप्ता देखि उनमा मानसिक बिचलन सुरु भएको रहेछ, जसका कारण निद्रा नलाग्ने, डर लाग्ने, आफैलाई दोषी ठान्ने र समय समयमा आत्महत्याको बिचारहरुले सताई रहने गरेको रहेछ । निरन्तर...

गैँडाकोटमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु, नवलपुरको विजयी शुरुवात

गैँडाकोटमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु, नवलपुरको विजयी शुरुवात
गैँडाकोट । गैँडाकोटमा दोस्रो गैँडाकोट मेयर कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता–२०७९ सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले १२७ रनको लक्ष्य दिएको थियो । पर्वतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको नवलपुरले १६.२ ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाउँदै विजयी भएको हो । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले यो प्रतियोगिता गैँ...

सिकाइदिने बहानामा होटलमा लगेर विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ

सिकाइदिने बहानामा होटलमा लगेर विद्यार्थी बलात्कार गर्ने शिक्षक पक्राउ
रुपन्देही । रुपन्देहीको देवदहमा एक किशोरी आफ्नै शिक्षकबाट बलात्कृत भएको उजुरी दिएपछि शिक्षक पक्राउ परेका छन् । जबर्जस्ती करणी गरेको अभियोगमा देवदह नगरपालिकाका ७ शितलनगरका ३६ वर्षीय मोहन गुरुङलाई प्रहरीले बुधवार पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार विद्यार्थीलाई सिकाइदिने बहानामा बोलाएका शिक्षकले माघ २० गते शुक्रवार देवदहको ढेकारस्थित होटलमा १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेका थिए । जबर्जस्तीपछि किशोरीले घटना बाह...